जाजरकोट, ९ फागुन । बलात्कारीलाई फाँसीको माग गर्दै प्रचण्ड माधव समुहको अखिल नेपाल महिला संघ जाजरकोटले प्रर्दशन गरेको छ । आईतबार खलंगा बजारमा जिल्लाका सात वटै स्थानीय तहका महिलाहरुको उपस्थितमा प्रर्दशन गरेकाे हाे ।

बलात्कारीलाई फाँसी दे, प्रतिगमन मुर्दावाद अनेम संघ जिन्दावाद, आर्यघाटले के भन्छ, केपी विद्या ल्या भन्छ, जस्ता नाराहरु लगाएका थिए । तल्लो थाप्ले बाट सुरु भएको जुलुस गैरीखाली हुदै ठाँटी बजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।

वैतडीकी भागरथि भट्टको बलात्कारीलाई फाँसीको माग गर्दै अनेम संघले प्रर्दशन गरेको महिला नृत्रि एवम् प्रदेश सभा सदस्य कृष्णा शाहले जानकारी दिईन् ।

देशमा भएका बलात्कारका घटनाहरुका दोषीलाई कारबाही गर्न वर्तमान सरकार चुकेको भन्दै तत्काल कारबाहीको दायरमा ल्याउन तथा फाँसीको माग गर्दै प्रर्दशन गरिएको उनको भनाई छ ।
याे भिडियाे हेर्नुहाेस
















































। ९ फाल्गुन २०७७, आईतवार