९ फाल्गुन २०७७, आईतवार
ताजा खबर
  

रियलको जितमा क्यासिमिरो नायक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिमाथि १-० गोलको जित निकालेको हो ।

भालाडोलिडको मैदानमा रियललाई जित दिलाउन क्यासिमिरोले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिली मिडफिल्डरले गोल गरे ।

खेलको ६५ औं मिनेटमा टोनी क्रुसको पासमा क्यासिमिरोले गोल गरेका थिए । जुन गोल रियलको जितमा निर्णायक बन्यो ।

यस जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी कम गर्न सफल भएको छ ।

रियलले २४ खेलमा ५२ अंक जोडेको छ । रियल लिगको दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिको ५५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

एट्लेटिकोले एक खेल कम खेलेको छ ।

एट्लेटिको शनिबार राति लेभान्टेसँग २-० ले पराजित भएको थियो ।

भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई २-० ले हराएको छ ।

यस्तै इल्चेले इबरलाई १-० र रियल बेटिसले गेटाफेलाई १-० ले हराएको छ ।