भागरथिको हत्यारालाई कडा कारबाही गर्न माग गर्दै अखिल क्रान्तिकारीको नेपालगञ्जमा प्रर्दशन

No description available.जाजरकोट, ६ फागुन । विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) भेरी कर्णाली व्युरोद्वारा नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । बलात्कारपछि हत्या गरिएकी वैतडीकी बालिका भागरथि भट्टको हत्यारालाई कडा भन्दा कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको हो ।

No description available.

सरकारले दाषि पत्ता लागेपनि कारबाही नगर्ने पुरानै शैलीका कारण प्रर्दशन गरिएको भेरी कर्णाली व्युरो संयोजक हर्कबहादुर विकले जानकारी दिए । राज्यवाटै अपराधीलाई संरक्षण भइरहेका कारण देशभर हिंसा र बलात्कारपछि हत्याको शृङ्खला बढिरहेको भन्दै बैतडीमा भगिरथी भट्ट त्यसैको शिकार भएको उनको भनाई छ ।

No description available.

¥यालीमा सहभागी हजारौं विद्यार्र्थीहरुले भागरथी भट्टको घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याइनुपर्ने, बलत्कारीलाई कार्वाही गर, हत्यारालाई फाँसी दे, लगायतका नारा लगाएका थिए ।

उनले भने, ‘भागरथिको घटना निर्मला पन्तको जस्तै अन्योलमा नराखी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन्, वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुजीवादीहरुले संचालन गरिरहेका छन, जबसम्म राज्य व्यवस्था दलाल पुजीवादीहरुले संचालन गर्छन तबसम्म यस्ता घटनाहरु दिनप्रतिदिन झन डरलाग्दो तरिकाले घट्नेछन ।’

No description available.

यो व्यवस्थाका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भए मात्र जनताले शान्ति, सुरक्षा, पाउने उनले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया