यूवा र विद्यार्थी नचले पार्टी चल्दैन् : नेता घर्ती

May be an image of 1 person

जाजरकोट, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रिय सदस्य नेता चन्द्रप्रकाश घर्ती (सिपी) ले यूवा र विद्यार्थी नचले पार्टी नचल्ने बताएका छन् । बुधबार जिल्ला समन्वयन समितीको सभाहलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय यूवा संघ नेपालले आयोजना गरेको संयुक्त वैठकमा यस्तो बताएका हुन् । उनले भने, ‘पार्टीलाई चलाउन विद्यार्थी संगठन र यूवा संगठनको महत्वपुर्ण भुमिका हुन्छ, यिनीहरुले सहयोग नगरे पार्टी नै चल्दैन् ।’ त्यसैले वर्तमान परिस्थितीमा पार्टीका जनवर्गीय संगठनहरुले तत्काल रिजल्ट आउने काम गर्नुपर्ने बताए ।

जनताको सेवाका लागि हाप पाईन्ट लगाएर गाउँ जानुपर्ने उनको भनाई छ । यस्तै आगामी फागुन १४ गते सुर्खेतमा हुने कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा जाजरकोट बाट दुई हजार जनता लिनुपर्ने समेत बताए । यस्तै, ओली समुह जाजरकोटको विद्यार्थी संगठन अनेरास्ववियूले जिल्लाका सात वटै पालिकामा रहेका विद्यालयमा कमिटी निर्माण गरेको बताएको छ ।

पालिका कमिटी निर्माणमा विभिन्न अवरोध आएका ठाउँमा पुनः गठन गर्ने र तत्लो तह बाट नै जनतालाई आफुहरु आधिकारीक पार्टीको विद्यार्थी संगठन भएको बताउने गरी कार्यक्रमहरु तय गरिने अनेरास्ववियू जाजरकोटका जिल्ला अध्यक्ष रामचन्द्र घर्तीले बताए ।

केही तत्वहरुले हामीहरु आधिकारी भएको भम्र छर्दै गएकोले जनतालाई भम्रमा नपर्न अपिल गरिनेछ । संयुक्त वैठकमा, राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य डम्बरबहादुर सिंह, रत्नप्रसाद शर्मा, प्रदेश सभा सदस्य कौशिलावती खत्री, लगाउतका नेताहरुको उपस्थिती रहेको राष्ट्रिय यूवा संघ जाजरकोटका संयोजक जयबहादुर बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया