छेडागाडमा केन्द्रीय प्रसारण लाइनको बत्ति पुग्यो

जाजरकोट, ६ फागुन । जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा आज देखि केन्द्रीय प्रसारण लाइनबाट बिजुली बत्ति बलेको छ । नेपाल बिद्युत प्राधिकरण जाजरकोट बितरण केन्द्र शाखाको प्राविधिक सहयोगमा र छेडागाड नगरपालिकाको १३ नम्बर वडाको आयोजनामा बत्तिको उद्घाटन भएको छ ।

बिपन्न गरीब तथा सांस्कृतिक सम्पदाहरुमा निशुल्क मिटर बितरण गर्दै छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलि र छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक के.सी.ले औपचारिक रुपमा बत्ति बालेर उदघाटन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष मोती लाल खत्रीले गरेका थिए भने कार्यक्रमको संचालक वडाका कर्मचारी दिपक दीपक नेपालीले गवरेका थिए । विद्युत सुरक्षा सचेतना कार्यक्रम तथा विद्युत उदघाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य लिला आर.सी. नेकपा प्रदेश कमिटी सदस्य यज्ञ खत्री, नेपाल विद्युत प्राधिकरण जाजरकोट बितरण केन्द्रका प्रमुख बिशाल लामिछानेले आफ्नो धारणा व्यक्त गरेका थिए ।

छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक के.सी. ले विकास के हो ? विकास कसरी हुन्छ ? भन्ने महत्वपूर्ण बिस्तृत भनाइ राखेका थिए भने छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलीले अब छेडागाडका वडाहरुमा छिटै बत्ति बाल्लका लागि नगरपालिकाल प्रक्रिया थाल्ले कुरा बताइन । साथै छेडागाड नगरपालिका १३, १२ वडाका समुदाय निकै हर्षित भएको छेडागाड नगरपालिका १३ का प्राविधिक कृष्ण शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया