समस्याले झेलिएका सामुदायिक विद्यालय, गैरकानुनी ट्युशन सेन्टरमा चर्काे शुल्क

शैक्षिक सुधारका लागि नगरको ध्यानआकर्षण

कालीबहादुर नेपाली
जाजरकोट, ६ फागुन । जिल्लाको भेरी नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि नागरिक समाजले ध्यानआकर्षण पत्र बुझाएको छ । पछिल्लो समय नगरपालिका भित्रका विद्यालयको शैक्षिक स्थिति खस्कदै गएकोले नागरिक समाजले ध्यानआकर्षण पत्र बुझाईएको होे । सामुदायिक विद्यालयको अवस्था अति कमजोर भएको तर स्थानीय सरकारले कुनै चासो

नदिएकोले ध्यानआकर्षण पत्र बुझाएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिए । उनले भने, ‘शैक्षिक क्षेत्रमा भेरी नगरपालिका मात्र होइन्, सात वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको स्थिती नाजुक बनेको छ, यस्तो अवस्थामा पनि यहाँका सरकारहरुले खासै चासो देखाएका छैनन् ।’

पछिल्लो समय देशमा भएको राजनितीक परिवर्तनले यहाँका जनप्रतिनिधी मात्र होइन् विद्यालयका शिक्षक पनि राजनितीक दलको प्रचारमा व्यस्त देखिएको उनले बताए । ‘विद्यालयको शैक्षिक सुधारका लागि पहल हुदैन् तर व्यवस्थापन समितीमा कुन पक्ष राख्ने भन्ने विषयमा कुरा चल्छ, राजनितीक गर्ने थलो बनेका छन् सामुदायिक विद्यालय अस्पताल व्यवस्थापन समितीका अध्यक्ष धर्मशिला बस्नेतले भनिन् ।’

‘नगरपालिका भित्रका विद्यालयका शौचालयको अभाव, गुणस्तरीय शिक्षामा कमी, सेनेटरी प्याडको व्यवस्था नभएको, बस्ने भौतिक संरचना अभाव, विद्यार्थी कुलतमा फसेको, कक्षामा गतिलो ढंगले नपढाउने, गैर कानुनी रुपमा ट्युशन सेन्टर खोलेर पैसा असुल्ने, शैक्षिक माफियाहरुको चहलखेल बढीरहेको छ तर स्थानीय सरकार कानमा तेल हानेर बसेको छ पत्रकार बालकुमार शर्माले भने ।’

सरकारी विद्यालयमा निजी विद्यालयको भन्दा बढी शुल्क तिर्नुपर्ने बाध्यताले यहाँका अभिभावक थलिएका छन् । अस्पताल व्यवस्थापन समितीका अध्यक्ष धर्मशिला बस्नेतको छोरा अहिले कक्षा ९ मा पढ्छन् । उनले अहिले नियमित ३ वटा विषयमा ट्युशन पढ्छन् ।

एउटा विषयको २ हजारको दरले शुल्क तिर्ने गरेका छन् । बस्नेतले भनिन्, ‘मैले छोरालाई भनेको थिए, वावु ट्युशन नपढे हुदैन्, तर छोराको जवाफ आउँछ ट्युशन नपढे म फेल भए भने केही नभन्नुहोला ।’ बस्नेत परिवार बार्षिक ७२ हजार भन्दा बढी शुल्क तिर्न बाध्य छन् ।

‘सामुदायिक विद्यालयमा राम्रो पढाई हुदैन् विद्यालयका शिक्षकले नै ट्युशन सेन्टर खोलेर पढाउने गरेका छन, शुल्क नदिन्जेल सम्म प्रवेश पत्र समेत शिक्षकले नदिएको सामाजिक अभियान्ता धनमल विकले भने ।’ शैक्षिक अवस्था कमजोर भएका कारण यहाँका अधिकांश विद्यार्थीको भविष्य विग्रीएको छ । स्थानीय सरकार बनेको चार बर्ष पुग्न लाग्दा समेत सामुदायिक विद्यालयको शैक्षिक स्थिती सुधारका लागि खासै पहल नभएको सुन्दर नेपाल जाजरकोटका कार्यक्रम अधिकृत जितेन्द्रबहादुर विसीले बताए ।

हुने खानेहरुका छोरीछोरी ट्युशन पढेर परीक्षा पास हुन्छन् भने गरिव विपन्न परिवारका छोराछोरी वालविवाह गर्ने, विद्यालय छोड्ने, मादक पदार्थ सेवन गर्ने लगायतका काममा सक्रिय भएको पत्रकार प्रेम विश्वकर्माले बताए ।

विद्यालयका शिक्षक नै ट्युशनका मालिक
जाजरकोटका अधिकांश ट्युशन सेन्टरहरु सरकारी विद्यालयका शिक्षकहरुका रहेका छन् । उनीहरुले विद्यालयमा राम्रो संग नपढाउने, आफ्नो हाजिरी लगाउने, कक्षाकोठामा गएर अनावश्यक कुरा गरेर बस्ने, एउटा हिसाव गरेर देखाउने, अरु सबै वेलुका ट्युशनमा आएर पढ्नुपर्छ भन्ने लगायतका कुकर्महरु गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

गैरकानुनी रुपमा सञ्चालन गरिएका ट्युशन सेन्टरहरुले मनोमानी ढंगले शुल्क असुल्दा यहाँका अभिभावकहरु मर्कामा परेका छन् । सम्बन्धीत निकायमा दर्ता गरी ट्युशन सेन्टर खोल्ने प्रावधान भएपनि जाजरकोटमा खोलिएका ट्युशन सेन्टरहरु दर्ता नै नभई सञ्चालन गरिएको नागरिक समाजको ठहर छ । सरकारले सामुदायिक विद्यालयका शिक्षकका लागि विभिन्न सेवा सुविधाको व्यवस्था गरेपनी यहाँका शिक्षकहरुले ट्युशन पढाउने वहानामा विद्यार्थीहरु बाट पैसा नसुल्दै आएका छन् ।

शैक्षिक क्षेत्रमा माफियाहरुको यस्तो चहलखेल हुदाँ पनि सम्बन्धीत निकायहरु मौन बसेको भन्दै सरोकारवालाहरु आक्रोषित बनेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुले नियमित मर्यादित भएर विद्यालयका शिक्षण गर्ने हो भने शैक्षिक क्षेत्रमा साँच्चिकै सुधार हुने भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक राणाले बताए । उनले भने, ‘कुकर्म गर्ने शिक्षकलाई जागिर बाट निष्कासित गर्ने, कारबाहीको दायरामा ल्याई सजाय दिने, तलव रोक्का गर्न आवश्यक छ ।’ अनि मात्र सामुदायिक विद्यालयको शैक्षिक स्थितीमा सुधार हुने बताए ।

नारामै सीमित निशुल्क शिक्षा
नेपालको संविधान २०७२ को धारा ४० को उपधारा २ मा दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षा सम्म निशुल्क शिक्षा भनेर लेखिएको छ । तर जाजरकोटका कुनै पनि विद्यालयमा दलित बालकालिकालाई निशुल्क शिक्षाको व्यवस्था छैन ।

विद्यालयमा शिक्षकलाई तलव खुवाउने, भौतिक संरचना निर्माण गर्ने, अतिरिक्र क्रियाकलाप गर्ने भन्दै विभिन्न बहानामा शुल्क असुल्दै आएका छन् ।संविधानमा व्यवस्था गरिएको कुरा यहाँका विद्यालयले कार्यान्वयन नगर्दा धेरै दलित बालवालिका कालापार जाने, पढाई छोड्ने, आर्थीक अवस्था कमजोर भएकै कारण वालविवाह गर्ने लगायतका काम गर्न बाध्य छन् ।

सरकारी विद्यालयमा विभिन्न समस्या देखिए पनि यहाँका सरोकारवाला निकायहरुले चासो दिएको पाईदैन् । शिक्षा विकास तथा समन्वयन ईकाई जाजरकोटले विद्यालय अनुगमन तथा निरीक्षण गर्ने काम समेत गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।  #भेरीमालिका#

No description available.

तपाईको प्रतिक्रिया