४ फाल्गुन २०७७, मंगलवार
ताजा खबर
  

दक्षिण कोरियाबाट क्रिकेटर अनुजलाई आर्थीक सहयोग

जाजरकोट, ४ फागुन । युवा तीव्र गतिका बलर अनुज चनाराले खेलकुद सामाग्री किन्नको लागि दक्षिण कोरिया बाट आर्थिक सहयोग पाएका छन् । अनुजलाई दक्षिण कोरियाबाट खेलप्रेमीले सहयोग संकलन गरेपछि आर्थिक सहयोग प्राप्त गरेका हुन् । दुई साताअघि कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप प्रतियोगितामा खेल्दै उत्कृष्ट प्रर्दशन गरेपछि ओमान भ्रमणको लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा अनुज परेपछि आर्थीक अभावले समस्या खेपिरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उक्त सहयोग प्राप्त भएको हो ।

जाजरकोटका १६ वर्षिय अनुजले आर्थिक अवस्था कमजोर हुँदा प्रधानमन्त्री कपमा जुत्ता किन्ने सम्म पैसा अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो । बन्द प्रशिक्षणमा आउँदा उनको साथीको खेल परेपछि उक्त जुत्ता साथीले नै लगाएको र उनी एक वर्षअघि किनेको सामान्य जुत्ता लगाएर आएका थिए । त्यसपछि खेलप्रमी मनहरुले उनलाई विभिन्न खेल सामग्री प्रदान गर्दै आएका थिए । सोमबार दक्षिण कोरियामा सुदीप रावतको विशेष पहलमा अनुजलाई अनलाईन एक कार्यक्रमका बीच अनुजलाई ८ लाख २७ हजार वन (८६ हजार ७ सय रुपैयाँं) हस्तान्तरण गरेका छन् । जाजरकोट निवासी सुदीपले विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि अनुजलाई सहयोग गर्न दक्षिण कोरियामा रहेका नेपालबीच अभियान चलाएका थिए । सोमबार सुदीप, अनुज र उनका मामा नरेन्द्र विकले अनलाइन कार्यक्रमका बीच उक्त रकम प्राप्त गरे ।

‘जाजरकोट झाडापखला उपचार नभएर ज्यान गुमाउने ठाउँ हो । त्यो ठाउँबाट आएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म आउनु ठूलो गर्वको कूरा हो । अनुजलाई खेलकुद सामाग्री सहयोगको लागि आर्थिक सहयोग गर्न पाउँदा धेरै खुसी छौं । आगमी दिनमा पनि आवश्यक परे सहयोग गर्न तयार रहने छौं’, सुदीपले भने । उनले अनुजलाई निरन्तर खेलमा केन्द्रित हुँदै कर्णाली र नेपालको नाम चिनाउन मिहिनेत गरि रहन आग्रह समेत गरे ।

यसअघि नेपाली क्रिकेटका सक्रिय समर्थक तारा पाठक, विनोद जि।सी, गोविन्द भुषाल, प्रतीक उपाध्याय, जय लामिछाने र कृष्ण खनाल मिलेर मंगलबार १८ हजार नेपाली रुपैयाँ बराबरको जुत्ता हस्तान्तरण गरेका थिए । अनुजलाई बागलुङ नगरपालिका वडा नम्बर ८ का वासिन्दा तथा अधिबक्ता रमेश बहादुर खड्काले ७ हजार र कमल सुनचाँदी पसल पोखरा, बेनी र म्याग्दीका प्रमुख कमल विश्वकर्माले पनि ५ हजार सहयोग गरेका थिए ।

सौराह स्यान्ड्सले पनि अनुजलाई जुत्ता किन्नको लागि १५ हजार रुपैयाँ सहयोग गरेको थियो । अनुज ओमान भ्रमणको लागि पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका थिए ।

एक साता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट पहिलो चरणमा सहभागी भएका अनुज दोस्रो चरणमा पर्न असफल रहे । चैत्रमा ओमानमा हुने भनिएको उक्त सिरिज पनि स्थगित भइसकेको छ । क्यानले दोस्रो चरणमा २० खेलाडीलाई राखेर प्रशिक्षण थालेको छ ।

अनुजलाई कोरियाबाट सहयोग गर्नेको नामवाली :

१.सुदिप रावत- १०१००० वन

२.कमल केसी- ३००००वन

३.भीम रोकाय- २००००वन

४.तेजबिक्रम रोकाय- ३१०००वन

५.भानु मगर- ५००००वन

६.प्रकाश बस्नेत- ३१०००वन

७.साकेन्द्र चनारा- ४००००वन

८. नेपाल कार्की- ५००००वन

९.हरि थापा- ३००००वन

१०.पूर्ण बुढा- १६०००वन

११.केपी कुसारी- ५००००वन

१२.तिलक हमाल- ३००००वन

१३.गणेश कोइराला- २१०००वन

१४.कुशल दर्लामी- ३००००वन

१५.लक्ष्मीनारायण बस्नेत- १६०००वन

१६.यज्ञराज कंडेल- २००००वन

१७.कमल मगर – २००००वन

१८.निमा गुरुङ- ३००००वन

१९.बसन्त बाबु बस्नेत- २००००वन

२०.तुलश गुरुङ- २१०००वन

२१.भक्तराज योगी- २१०००वन

२२.धर्मराज शाही- १६०००वन

२३.कमल मगर-३००००वन

२४.मोहन राउत- १००००वन

२५.दिनेश क्षेत्री- १५०००वन

२६.हिमाल बोहोरा- १००००वन

२७.एम के राई- ३००००वन

२८.दिपेन थापा- २५०००वन

२९.बिमल सुबेदी- १००००वन

#हाम्रो खेलकुद अनलाईनको सहयोगमा तयार पारिएको सामग्री#