४ फाल्गुन २०७७, मंगलवार
ताजा खबर
  

जात व्यवस्थामा आधारित सत्ता

इसापुर्ब १७० देखि २०० सम्म भारतको बैसालीबाट आएका लिच्छवि र इसापुर्ब ६०० तिर भारतको दक्षिण तर्फबाट कर्णाली प्रवेश गरेका मल्लहरुले मुलत जात ब्यबस्था आएको इतिहास भेटिन्छ । सुरुमा कामको आधारमा जात ब्यबस्था भएपनि पछि अनुलंघनिय रूपमा ब्यबस्थित भयो । जातको आधारमा नेपाली समाजको संरचना खडा हुन पुग्यो । आज त्यही जातको आधारमा एउटा समुदाय सम्पत्ति बिहिन हुन पुग्यो । नेपालमा थुप्रै परिवर्तन नभएको हैनन् । तर जातको आधारमा बनेको समाजलाई बर्गको आधारमा विश्लेषण गरियो ।

जसको निराकरण उपरिसंरचनामा मात्र समाधान खोजियो । जसले बालिघरे ( खलो प्रथा) बिहे भोजमा भाडा माझ्ने , हलिया लगायतका थुप्रै प्रथामा समाजलाई धकेलियो । जर्मनको वरिष्ठ दार्शनिक देशाभिमानी र राजनीतिज्ञ जिउसेफ्सिले भनेका छन । कुनैपनी जाती वा देशको समुलनस्ट पार्नु छ भने त्यसको इतिहास नस्ट पार्नु पर्छ । सयौं बर्ष सम्म नारकिय जीवन जिउन बाध्य अछुत ( दलित ) समुदाय आजको युगसम्मा पिल्सिएर बस्नु दुःखद कुरा हो । यसको दोषी राज्य नै हो चिन्तक इन्टोनियो ग्राम्सिले भनेका छ्न कुनैपनी देशको समाज रुपान्तरण गर्न त्यस देशका लेखक साहित्यकार बुद्धिजिबि सचेत नागरिकले भुमिका खेलेनन भने तिनिहरु परम्पराबादी पश्चगामी पुरातनवादी हुन ।

तिनिहरुलाई समाजको जिम्मा दिनु हुदैन । यस्तै लोकतन्त्रबादि दक्षिणपन्थी बामपन्थी हरुले पनि यसमा चासो दियको देखिन्न । आवरणमा केहि परिवर्तन भएको भएपनि सारमा यो जात व्यवस्था जिवित नै छ । मुलुकको प्रागिक थलो त्रिभुवन बिश्वबिद्यालयले पनि यसका बारेमा खुलेर लागेको देखिन्न । अझ सबभन्दा बढी पुरस्कारवाला साहित्यकारले त सत्ताको गुणगान गाउने बहेक उत्पीडित जातीका बारेमा बोलेको लेखेको देखिन्न । समाज भन्दा पनि सत्ताको लोपमापरि बिद्रोही चेतको सिकार गरिरहे जन्म पुनर्जन्म र पुर्बजन्मको भ्रममापारी सामाजको पिदमा रहेको दलित समुदायलाई सत्ताबाट बन्चित गरिरहे ।

राणाहरुले र राजाहरुले जातको आदरमा तोकिएको न्याय र राज्यमा सहभागी हुने मुलुकी ऐनले समाजमा जातिय खाडल झनै गहिरो बनायो । नेपाली सामाजको पुर्बिय सभ्याताको आदारमा बनेको व्यवस्थालाई पश्चिमहरुले गरेको ब्याख्याको आदारमा चलाइयो जहाँ जात व्यवस्था थिएन । रुसमा पुटिनले राष्ट्रपति हुने र फलामको काम गर्न रोक थिएन । नेपालमा तेस्तो थिएन जुत्ता सिलाउने सार्किले प्राधान हुने अधिकार त के मन्दिर छुन पाउदैन थियो । यो समस्या कसरी बर्गिय हुन सक्छ चिनमा माओथरिको मान्छेले किसान हुने र मन्त्री हुने अधिकार थियो तर नेपालमा दलित लाई जमिन र सम्पत्ति राख्ने अधिकार थिएन ।

यो कसरी बर्गिय हो । यो समस्या केवल जातिय थियो । नेपालमा तेसो भएन केवल बर्गिय रुपमा हेरियो त्यसले अहिले पनि दलितको मस्यामा नेपाली सामाज मुक्तिको लागि तयार छैन भन्ने बुझिन्छ । स्कुल छुन नदिने राज्यले बेद पुरान पढ्दा जिब्रो काट्ने सुने तातो फलाम तताएर कानमा हाल्ने राज्यको कानुनमा सुधार नगरे सम्म दलितहरु माथी उठ्न सक्दैन । आरक्षण बिशेषधिकारले राजनीतिक समस्या हलगर्न आर्थिक समस्या कसरी हलगर्न सकिन्छ । हिन्दु अतिबादी ब्राह्मणबादी कानुन मनुस्मृतिमा आधारित सत्ताले दलितको मुक्ती कसरी दिन्छ । १९१० मा बनाएको जङ्गबहादुरको कानुन द्वारा संचालित सत्ताले कसरी दलितको समस्या हलगर्छ अहिले पनि संविधानमा लेख्ने तर त्यसलाई लागु गर्न कानुन बनाउनु पर्ने भन्ने कुरा दलितहरुलाई झुक्याउने चलखेल हो ।

दलितलाई जिबित राख्न खलो दिन बाच्नको लागि कुहिएको अन्नदिन लागाउनको लागि पुरानो फाटेको कपडा दिने र बर्षभरी लुगा सिलाउने फलाम ठोक्ने जुता सिलाउनेहरुको कथा कसले बोलिदिने हो के तिनीहरुलाई आरक्षणले बिशेषधिकारले मात्र दलितहरु मुक्त हुन्छ । उनिहरुको पानी पधेरो पाटी पौवामा लगाएको प्रतिबन्धले अझै पनि सत्ता कानुनी राज्यको उपहास गरेको छ । उत्पीडित जाति समुदाय भाषाभाषीको अपनत्व नहुने गरि बनेको संविधानले मुक्तिको बाटो लिदैन । विषय नगर्चिको इतिहास लुकाएर पृथ्वीनारायण शाहको मात्रै बखानले राष्ट्रीय सयौं थुंगा फुलका हामी एउटै माला नेपाली हुन सक्दैन । #लालअावाज#

                 लेखक दलित सामाजिक अभियान्ता हुन् ।