जाजरकोटमा एक हजार बढीले लगाए कोरोना खोप

जाजरकोट, ४ फागुन । जाजरकोटमा कोरोना भाइरस विरुद्धको खोप हाल सम्म १ हजार भन्दा बढीले लगाएका छन् । पहिलो चरणमा ७ सय ७३ जना र दोस्रो चरणमा ३ सय ५० जना गरी जम्मा १ हजार ४३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप फोकल प्रर्शन शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, पहिलो चरणमा कोरोनाको महामारीका वेला जिल्लामा फ्रन्टलाईनमा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप दिईएको हो । दोस्रो चरणमा पत्रकार,सुरक्षाकर्मी तथा कोरोनाको वेला उच्च जोखिममा रहेका काम गरेका सरोकारवाला निकायलाई कोरोना खोप दिईएको छ । गत माघ १४ देखि सुरु भएको जाजरकोटमा हाल दोस्रो चरणको खोप चलिरहेको छ । कोरोनाको खोप लगाईसकेकाहरुमा कुनै समस्या नदेखिएको बुढाथोकीको भनाई छ ।

उनले भने, ‘सुरुमा कोरोनाको खोप प्रति डर त्रास थियो, पछिल्लो समय मानिसहरुको बुझाईमा सकरात्मक कुरा आईरहेको छ ।’ यस भन्दा पहिले कोरोना खोप लगाउने तालिका सार्वजनिक गरी जिल्लाका सात स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाई सकिएको छ । दोस्रो चरणमा पनि पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई दो¥याईने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । अव निरन्तर कोरोनाको खोप प्रधान गरिने कार्यालयको भनाई छ । गत जनवरीमा भारतले नेपाललाई कोरोना खोप उपलब्ध गराएको थियो ।

संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ । भारतको औषधि नियामक निकायले अक्सफर्ड(आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ । आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ । अक्सफर्ड (आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो ।

यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ । कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ। सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन । खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन ्।

एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ । त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ। यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ ।

फाइजर(बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ । तर अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ ।

त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ । तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया