शिवालयमा छड्के अनुगमन : राजनीतिमा रमाउँदै शिक्षक, पढाउन छोडेर पार्टीको प्रचारमा व्यस्त

No description available.

जाजरकोट, ४ फागुन । शिवालय गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा अनुगमन गरिएको छ । गाउँपालिका भित्रका सरस्वती माद्यामिक विद्यालय सिमा र सरस्वती माद्यामिक विद्यालय टाटागुहेलामा छड्के अनुगमनमा गरिएको हो ।

केही दिन अघि सामाजिक सञ्जालमा उक्त विद्यालयको शैक्षिक तथा शैक्षणिक पक्षमा भएको ज्याजतिका सवालमा भएको व्यापक विरोध आएकोले विद्यालय अनुगमन गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षक विद्यालयमा नुहने राजनितीक दलको कार्यक्रममा सहभागी हुने गरेको गुनासो आएपछि अनुगमन गरिएको शिक्षा शाखा प्रमुख मानबहादुर बस्नेतले जानकारी दिए ।

विद्यालयको निरिक्षण तथा अनुगमन गर्ने क्रममा विद्यालयमा शिक्षक तथा कर्मचारी तथा विद्यार्थीहरु विदामा बस्दा निवेदन विना र जानकारी विना वस्ने गरेको तथा विद्यालयका बहाल स्थायी शिक्षकहरुले निजी तथा राहत शिक्षक भन्दा बढी लाप्रवाही गर्ने पाईएको बस्नेतको भनाई छ ।

सरस्वती माद्यामिक विद्यालय सिमाका प्रधानाध्यापक इन्द्रबहादुर थापा क्षेत्री नै विना निवेदन गत माघ २६ देखि फागुन २ गते सम्म विद्यालयमा अनुपस्थित भई दल विशेषको राजनीतिक दलको सभा सम्मेलनमा गएको वारे सामाजिक सञ्जालमा व्यापक विरोध भएको घटनावारे शाखा प्रमुख बस्नेतले शिक्षा ऐन तथा कानुन भन्दा उपरको कार्य गर्ने जो कोहीलाई नछोड्ने र आवश्यक कारवाहीको दायरामा ल्याएरै छाडने ठोकुवा गरे ।

अन्य केही शिक्षकहरु विना जानकारी विद्यालय वाहिर बस्ने गरेको अनुगमन पछि थाहा भएको शाखा प्रमुखले जानकारी दिए । त्यस्तै सोही विद्यालयका विद्यालय सहायक पनि विद्यालयमा विना जानकारी अनुपस्थित हुने गरेको वारे व्यापक समाजिक सञ्जालमा विरोध भएको गुनासो वारे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखले आवश्यक कागजात सहित लिखित स्पष्टीकरण माग्ने तथा विना निवेदन अनुपस्थित प्रअ तथा शिक्षक कर्मचारीको तलब भत्ता काटेर तलब निकासा दिने बताए । त्यस्तै शिवालय गाउँपालिका ४ स्थित सरस्वती मावि टाटामा पनि सोही रोगले सताएको एक स्थानिय युवाले जानकारी दिए ।

उक्त गुनासोका बावजुद उक्त स्थानिय तहका शाखा प्रमुखलाई बुझ्दा विद्यालयमा केही शिक्षक तथा कर्मचारी विद्यालयमा ठिक समयमा उपस्थित नहुने र भए पनि सही समयमा हाजिर नगर्ने गरेको बताइएको छ । विद्यार्थी शिक्षक विना जानकारी विद्यालयमा उपस्थित हुने गरेको कुरा जानकारीमा आएपछि सोही विद्यालयका एक जना प्रावि द्धतिय श्रेणीका स्थायी शिक्षकको एक महिनाको हाजिर गयल गरेको तथा विद्यालयको प्रअ जानकी कुमारी खत्रीको समेत मिति २०७७ माघ २८ देखि ३० गते सम्म हाजिर नगरेको पाइएपछि अनुपस्थित सबै शिक्षक तथा कर्मचारीको गयल भएको दिनको तलब भत्ता कट्टि हुने शाखा प्रमुख बस्नेतले बताए ।

सो विषयमा अबको तयारीको वारेमा शाखाको पहल कदमी वारे वुझदा कयौ शिक्षक तथा कर्मचारीकी विना निबेदन तथा विना जानकारी विद्यालयमा अनुपस्थित भएको कुरा प्रत्यक्ष अनुगमनबाट तथ्यपरक विवरण प्राप्त भैसकेकोले उक्त विद्यालयमा बहाल केही शिक्षक तथा कर्मचारीको तलब भत्ता काटने र आवश्यक कारवाहीको दायरामा ल्याउने बताए ।

No description available.

यस्तै, शिवालय गाउँपालिका अन्तर्गत सञ्चालित विभिन्न विद्यालयहरुमा पनि सोही समस्या रहेको र शाखा निरन्तर अनुगमनको सिलसिलामा रहेकोले जो कोही शिक्षक तथा कर्मचारिलाई निती र विधि माथी रहेर काम गर्ने छुट नभएको र विना जानकारी विद्यालयमा गयल रहने शिक्षक कर्मचारी सबैलाई कारवाहीको दयरामा ल्यायरे छोडने समेत शाखा प्रमुख बस्नेतको भनाई छ ।

शिक्षा क्षेत्रमा केही गर्ने महान इच्छा आफुमा रहेको तर वजेटको कमी तथा जनप्रतिनिधिको तर्फबाट हुने वचन, उत्प्रेरणा, आर्थिक, मनोबैज्ञानिक, भावनात्मक तथा आर्थिक सहयोग भए छोटो समयमै धेरै प्रतिफलमुखी परिणाम देखाउने इच्छा भएको समेत उनले उद्धघोष गरे ।

तपाईको प्रतिक्रिया