१ फाल्गुन २०७७, शनिबार

जनयुद्धको दिवसकाे अवसरमा चौरजहारीमा सार्वजनिक विदा 

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाले महान् जनयुद्धको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको छ । महान् जनयुद्ध सुरुवात भएको दिनको अवसरमा फागुन १ र २ गते २ दिन चौरजहारी नगरपालिकाभर सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

२०७७ माघ १६ गते बसेको जिल्ला सभा र माघ २९ गते बसेको चौरजहारी नगर कार्यपालिका बैठकको निणर्य अनुसार सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सीद्धारा जारी गरिएको एक सूचना उल्लेख गरिएको छ ।

रुकुम, रोल्पा जनयुद्धको उदगम थलोको रुपमा चिनिन्छन । यस नगरपालिकाबाट मात्रै तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा राज्य र माओवादी पक्षबाट गरी कुल ५८ जना शहित तथा बेपत्ता भएका थिए।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताउनुभयो

सार्वजनिक विदाका अवसरमा चौरजहारी नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने बताएको छ । फागुन १ गते शनिबार र २ गते आइतबार रहेको छ ।