दलित गैरसरकारी संस्था महासंघ जाजरकोटको अध्यक्षमा हिक्मत नेपाली


जाजरकोट, ३० माघ । दलित गैरसरकारी संस्था महासंघ जाजरकोटको अध्यक्षमा हिक्मत बहादुर नेपाली चयन भएका छन् । महासंघको शुक्रबार खलंगामा सम्पन्न भएको भेलाले नेपालीलाई अध्यक्षमा चयन गरेको हो । जसअन्र्तगत उपाध्यक्ष गणेश बिक, सचिव सिता सुनार, कोषाध्यक्ष,संगिता सुनार सहसचिव यमुना विक चयन भएका छन । यस्तै सदस्यहरुमा जुनि सुनार, दिपक नेपाली, स्यानि विक र तारादेबि बिटालु चयन भएका छन ।

भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा नानकला नेपाली र सदस्यहरुमा देबि नेपाली, बसुन्धरी नेपाली, धर्मराज परियार र मधुकर नेपाली चयन भएका छन । भेलाले दुईवटा प्रस्ताव पास गरेको छ ।

सरकारले ल्याएको भुमी ब्यबस्था समस्या समाधान आयोगले ल्याएको अवधारणा कार्यान्वयनमा दलित मैत्री बनाउन आवश्यक पहल गर्ने र आसन्न २०७८ सालमा हुने राष्ट्रिय जनगणना गर्दा दलितको थर छुटने तथा पहिचान नआउने र दलितहरुको संख्या घट्ने भएकोले सत प्रतिशत ल्याउन अभियान थाल्ने प्रस्ताव पास गर्दै भेला सम्पन्न भएको छ ।

कर्णाली प्रदेश अध्यक्ष गगन सिंह एलजिको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि महासंघका केन्द्रीय महासचिव जेवि विश्वकर्मा रहेका थिए ।

भेलामा केन्द्रीय सदस्य द्वय गोपाल नेपाली र हजारी नेपाली, भेरी नगरपालिकाका कार्यपलिका सदस्य मनकला नेपाली, राष्ट्रिय दलित नेटवर्क नेपाल जाजरकोटका कार्यबहाक अध्यक्ष देबि नेपालीको समेत आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया