
जाजरकोट, ३० माघ । सामाजिक जवाफदेहिता औजार सम्वन्धी अभिमुखिकरण कार्यक्रम सुन्दर नेपाल संस्थाको आयोजनामा आज खलंगामा सम्पन्न भएको छ ।
एफ एच आइ थ्रि सिक्टी , युयस एस आई डि को आर्थिक सहयोगमा संचालन भएको नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा सम्पन्न कार्यक्रम नागरिक समाज जाजरकोटका अध्यक्ष केशव जंग शाहको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित पत्रकार तथा नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको सुन्दर नेपाल जाजरकाेटका कार्यत्रःम अधिकृत जितेन्द बुढाले जानकारी दिए ।
कार्यक्रम सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक जितेन्द्र वुढाले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा असल शासनका विधिहरुका वारेमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले असल शासनका विधिहरु व्यवहारीक रुपमा मात्रै प्रयोग भएको तर प्रभावकारी कार्यान्वयण हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सवै सहभागिहरु ले यस्ता खाले सुशासन प्रवद्र्धनका कार्यक्रम सरोकारवाला निकायहरु विच गर्दा अझ प्रभावकारी हुने सुझाव दिएका थिए ।
















































। ३० माघ २०७७, शुक्रबार