
जाजरकाेट । जिल्लाको भेरी नगरपालिका १ रिम्नामा रहेको भेरी त्रिवेणी माद्यामिक विद्यालयका समस्याहरु समाधानको बाटोतिर लागेका छन । जाजरकोट बाट प्रकाशित हाम्रो पहुँच डटकममा गत पौष २३ गते ‘सुन्दैन नगरपालिका विद्यालयको समस्या, विद्यार्थी आन्दोलनमा’ शीर्षकको समस्या प्रकाशित पछि भेरी नगरपालिकाको ध्यानआकर्षण भएको विद्यालयका सहायक प्रधानध्यापक रुद्रराज वलीले जानकारी दिए ।
उनका अनुसार, विद्यालयमा दरबन्दी अभाव भएकोले थप दुई माविका दरबन्दी थपिएको छ । अनुदानमा पढाईरहेका शिक्षक शिव केसीले आगामी साउन महिना बाट नियमित तलव पाउने र ६ लाख रुपैयाँ विज्ञान ल्यावको लागि तयार पारिरहेको भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक राणाको संयोजकत्वमा बनेको कार्यादलले विद्यालयलाई जानकारी दिएको वलीले बताए ।
विवाद समस्या समाधानका लागि नगरपालिकाकाले विवाद समाधान कार्यदल बनाएको थियो । कार्यदलले विद्यालयको समस्या समाधानका लागि कार्यदलले बनाएको प्रतिवेदन भेरी नगरपालिकालाई बुझाउने निर्णय गरिएको छ ।
विद्यालयको सम्पुर्ण व्यवस्थापन भेरी नगरपालिकाले गर्ने, दुई भेरीको दोभानमा रहेको टापुको ढुंगा, गिट्टी र बालुवाको सम्पुर्ण स्वामित्व नगरपालिकालाई दिने र नगरपालिका बाट साटिएको राजस्व संकलन कर्ताले गर्ने, विद्यालयले गरेको सम्पुर्ण खर्चको विवरण नगरपालिकाले तिरिदिने, वृहत तटवन्धको व्यवस्था गर्ने लगायतको माग प्रतिवेदनमा समावेश गरिएको छ ।
विद्यालयमा बनाईको प्रतिवेदन नगरपालिकालाई छिट्टै बुझाउने संयोजक राणाले जानकारी दिए । विद्यालयले थालेको सम्पुर्ण आन्दोलनको तालिका फिर्ता लिएको शिक्षक वलीको भनाई छ । कार्यान्वयनमा छिट्टै ध्यान जावस भन्ने माग समेत गरिएको छ ।
गत पुस २१ गते विद्यालय व्यवस्थापन समिती, विद्यार्थी शिक्षक लगायतले नारा लगाउँदै प्रहरी चौकी घेरका थिए । विद्यालयका मागहरुको सुनुवाई हुने भएपछि विद्यार्थी निकै खुशी भएका छन ।


















































। ७ माघ २०७७, बुधबार