सर्वोच्चद्धारा संसद विघटनको मुद्धालाई बृहत पूर्ण इजलासमा लैजान अस्वीकार

आइतबारबाट संवैधानिक इजलासमा नै सुनुवाइ हुने

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासबाट बृहत पूर्ण इजलासमा लैजान रिट निवदेकहरुले गरेको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । शुक्रबारको सुनुवाइका क्रममा संवैधानिक इजलासमा नै संसद विघटनको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

अब आइतवारदेखि संवैधानिक इजलासमा नै संसद विघटनबारेको मुद्दामा सुनुवाइ हुनेछ । मुद्दाको सुनुवाई वृहत पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै रिट निवेदकहरुले निवेदन पेश गरेका थिए । त्यहि निवेदनमाथि पक्ष र विपक्षमा बहस सकिएपछि संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी भएको हो ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम वृहत पूर्ण इजलासमा लैजानु पर्ने नदेखिएको संवैधानिक इजलासको उत्प्रषेण परमादेशमा उल्लेख छ ।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधान धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नुपरेन,’ आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया