२ माघ २०७७, शुक्रबार
ताजा खबर
  

रुकुम पुर्वका समन्वय प्रमुख सहित  पाँच जुवाडेलाई जुवाखालबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख शाहिको सफलता;पाँच जुवाडेलाई जुवाखालबाट पक्राउ

रुकुम ।  रुकुम पुर्वका समन्वय प्रमुख सहित पाँच जनालाई जुवा खाल बाट प्रहरी नियन्त्रणमा लिन सफल भएका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ हो ।

वलीसहित पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाँपालिका वडा नं. ५ बस्ने बर्ष २९ का सुभाष घर्तिमगर, सोही गाउँपालिका वडा नं.१० बस्ने बर्ष ६४ को जितेन्द्र बुढामगर ,रुकुम पश्चिम त्रिबेणी गा.पा. वडा नं. ७ बस्ने बर्ष ४२ का लिल बहादुर पुन र मुसिकोट न.पा. वडा नं. १ बस्ने बर्ष ३७ का कमल गरी रहेका छन् ।

उनीहरू ५ जनालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ पातुखोला स्थित भरत घर्तिमगरको घरमा जुवा तास खेलीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल शाहिले जानकारी दिएका छ्न । उनीहरूको साथबाट केही थान र नगद बरामद गरिएको बताएको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी रुकुम पश्चिमबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको बताएको छ। उनीहरू उपर थप अनुसन्धानक कार्य भैरहेको निमित्त प्रहरी प्रमुख शाही भनाई छ।