जाजरकोट – शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले विभिन्न विद्यालयहरुको शैक्षिक तथा भौतिक अबस्थाको बारेमा फिल्डमा गएर जानकारी लिएका छन् ।
वडा न ७ मा रहेको बिरेन्द्र माध्यमिक विद्यालयले प्रदेश सरकारको सहयोगमा निर्मित ६ कोठे भवनको अवलोकन साथै शिक्षकहरु सङ विद्यालयको गुणस्तर सुधार गर्न छलफल गरेका छन् ।
जाजरकोटको पुरानो विद्यालय मध्यको बिरेन्द्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा भौतिक पुर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
अध्यक्ष पढेको स्कुलमा पुग्दा शिक्षकहरु खुसी भएका छन् । स्कुलमा प्रअ शेर बहादुर खत्रीले विद्यालयको अबस्था बारे जानकारी गराउदै गाउँपालिकाले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद समेत दिए । प्रअले प्राबिधिक शिक्षणको लागी सहयोग गर्न समेत माग गरेका छन् ।
त्यस्तै पहिरोका कारण क्षतिग्रस्त जनता प्रावि लिस्पानी -८ स्कुलको समेत अवलोकन गरेका छन् । पहिरोका कारण क्षतिग्रस्त विद्यालयको अवलोकन गर्दै शाहीले विद्यालय प्रशासनलाई नयाँ भवन निर्माणका लागि तत्काल जग्गा खोज्न निर्देशन समेत दिएका छन् ।
https://youtube.com/watch?v=mXUrGXt4gS4&feature=share
तत्काललाई पठनपाठनका लागी आवश्यक स्थायी टहरा गाउँपलिकाले निर्माण गरिसकेको छ , शाहीले अन्य सामग्री लिन गाउँपालिकालाई सम्पर्क गर्न समेत भनेका छन् ।
अवलोकन गर्दै अध्यक्ष शाहीले त्यही क्षेत्र बाट निर्वाचित प्रदेश सभा सदस्य करबिर शाहीलाई टेलीफोन गरेर उक्त क्षतिग्रस्त भवनको बारेमा जानकारी गराउदै प्रदेश सरकार सङ सहायता मागेका थिए ।

अध्यक्ष शाहीको ध्यान शिक्षा तर्फ गएको देखिन्छ , गाउँपालिका भित्र बाटोघाटो,वडा कार्यालय भवन निर्माण र खानेपानी योजना धमाधम सम्पन्न हुँदै गएका छन् । सबै वडा कार्यालयहरु सम्म सडक पहुँच बिस्तार भैसकेको छ ।
















































। २ माघ २०७७, शुक्रबार