पत्रकार केसी र गिरीलाई लोकेन्द्र शाह स्मृति पत्रकारीता पुरस्कार

नेपाल पत्रकार महासंघ जाजरकोटको १० औं साधारण सभा

जाजरकोट, १ माघ । नेपाल पत्रकार महासंघ जाजरकोटको १० औं साधारण सभा बुधबार सम्पन्न भएको छ । विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्तावहरु पारित गरेर महासंघको साधारण सभा सम्पन्न भएको हो । बैठकमा अध्यक्ष भीमबहादुर सिंहले पेश गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष दीपबहादुर घर्तीले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सभाले पारित गरेको हो ।

साधारण सभाको उद्घाटन गर्दै पत्रकार महासंघ नेपालका महासचिव रमेश विष्टले पत्रकारिताको ईतिहास निक्कै गौरवपूर्ण भएको बताउदै यसलाई अहिलेको यूवा पुस्ताले अगाडी बढाएकोमा खुशी व्यक्त गरे । उनले नयाँ पत्रकारहरु मध्ये केही पत्रकारहरुमा चाकडी प्रवृत्ति बढ्नु दुःख भएको बताउदै जनताको पक्षमा निष्पक्ष, सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले नेपाल पत्रकार महासंघको ईतिहासमा अब हुने महाधिवेशनवाट प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत पदाधिकारीहरुको चुनाव हुन लागेको बताए । महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारिता क्षेत्रमा आएको चुनौतीहरुको सामना गर्नका लागि महासंघले कामकाज गरिरहेको बताउदै कोरोनाका कारणले धेरै पत्रकारहरुलाई अवकाश दिने काम गरेको र त्यस्ता पत्रकारलाई पुनः स्थापित गर्नका गृहकार्य गरिरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीलाई स्वर्गिय लोकेन्द्र शाह स्मृति पत्रकारीता पुरस्कार २०७६ले सम्मान गरिएको छ । जिल्लामा पत्रकारीता मार्फत सामाजिक तथा विकासको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै नागरिक दैनिक र कुशेमालिका अनलाइनसंग सम्वद्ध पत्रकार केसीलाई नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको १० औं साधारण सभाका अवसरमा वुधवार ५ हजार नगद सहित सम्मान गरिएको हो ।

केसीकै नेतृत्वमा रहेको महासंघको कार्यसमितिले २०७१ सालमा स्थापना गरेको उक्त पुरस्कार प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गरि जाजरकोटलाइ कार्यक्षेत्र वनाइ पत्रकारीता गरिरहेका पत्रकारलाई प्रदान गर्ने गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव रमेश विस्टले दोसल्ला, नगद रकम र प्रमाणपत्रले पत्रकार केसीलाइ उक्त पुरस्कारले सम्मान गरे ।

१५ वर्ष देखि मुलधारको पत्रकारीता र २० वर्ष देखि मोफशलको पत्रकारीतामा क्रियाशिल पत्रकार केसीकै पहल र नेतृत्वमा स्थापित उक्त पुररकार २०७३ साल देखि वितरण गर्न सुरु गरिएको थियो । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जाजरकोटको पुर्व अध्यक्ष समेत रहेका पत्रकार केसी यस अघि प्रेस चौतारी नेपालले स्थापना गरेको वीरवहादुर शाही पत्रकारीता पुरस्कार र नेपाल प्रेस युनियनले स्थापना गरेको रविन्द्र शाह पत्रकारीता पुरस्कारवाट पनि सम्मानित भइसकेका छन् । पत्रकार केसी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको २०७० फागुन २६ गते देखि २०७४ वैशाख ६ गते सम्म अध्यक्ष थिए ।

यस्तै सोहि कार्यक्रमा यो वर्षको सोहि पुरस्कार नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका पुर्व उपाध्यक्ष वीरवहादुर गिरीलाई प्रदान गरिएको छ । नेपाल टेलिभिजन र राजधानी दैनिकमा कार्यरत पत्रकार गिरीलाइ पनि ५ हजार नगद प्रमाणपत्र र दोसल्ला सहित महासंघका महासचिव विष्टले सम्मान गरे । विगत २० वर्ष देखि मुलधारको पत्रकारीतामा क्रियाशील भइ सम्मानित भएका पत्रकार गिरी प्रेस संगठन नेपालको कर्णाली प्रदेश संयोजक पनि हुन् ।

गिरी नेपाल पत्रकार महासंघ जाजरकोट शाखामा २०६४ देखि २०६७ सम्म उपाध्यक्ष पदमा कार्यरत थिए । गत वर्ष कोरोना भाइरसका कारण कार्यक्रम गरेर वितरण गर्न नसकिएका कारण यो वर्ष दुइ वर्षका पुरस्कारहरु एकै पटक प्रदान गरिएको महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले वताए । उनले दुइ वर्षको पुरस्कार कार्यसमितिको निर्णय अनुसार दुइ जना अग्रज पत्रकारलाइ प्रदान गरिएको वताए ।

यस अघि उक्त पुरस्कारवाट पत्रकारहरु भीमवहादुर सिंह, प्रभात चलाउने र वद्री पन्त सम्मानित भइसकेका छन् । पुरस्कार वितरण तथा साधारण सभा उद्घाटन समारोहमा वोल्दै महासंघका महासचिव रमेश विस्टले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि प्रेस स्वतन्त्रतामा चुनौति थपिनु दुखको कुरा भएको वताए ।

तपाईको प्रतिक्रिया