जाजरकोट, २८ पुस । २ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा जाजरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी जाजरकोटले गैरीखालीमा पृथ्वीनारायण शाहको शालिक समेत निर्माण गरेको छ । गैरीखालीलाई पृथ्वी चोक बनाउनुपर्ने समेत नेताहरुले बताएका छन् ।
निर्माण गरिएको शालिकमा राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले ¥याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए ।
विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ ।
२१ वर्षको उमेरमा गद्दी आरोहण गरेका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ १ गते निधन भएको थियो । उनी र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो । पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ ।
पृथ्वी जयन्तीकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जाजरकोटले गैरीखालीलाई पृथ्वी चोक समेत घोषणा गरेको छ । समाजका विभिन्न क्षेत्रका महानुभावको अगुवाइमा भएको उक्त कार्यक्रमपछि ¥यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी गैरीखालीमा सभा गरेको थियो ।
उक्त सभामा बोल्ने वक्ताहरुले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उनको तस्वीर अङ्कित मुद्रा निकाल्न, पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका थिए ।
पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरिएको थियो । वर्तमान सरकारले पृथ्वीनारायण शाहको योगदानलाई विर्सेने काम गरेको केन्द्रिय सदस्य दीपक खनालले बताए ।
अरु दल आफ्नै प्रचारमा व्यस्त
जाजरकोटमा पृथ्वी जयन्ती राप्रपाले मात्र मनाएको छ । अन्य दल तथा पार्टीहरु आफ्नै प्रचारप्रसारमा देखिएका छन । उनीहरुले पृथ्वीनारायण शाहको योगदानलाई विर्सिएको समेत स्थानीय वुद्धिजिवीहरुले बताएका छन । छरिएर रहेको देशलाई एउटै मालामा गाँस्ने पृथ्वीनारायण
शाहलाई विर्र्सनु उनको योगदानको कदर नभएको शाही शक्ति नेपाल जाजरकोटका अध्यक्ष शुक्रदेव शाहले बताए । ‘पछिल्लो समय नेकपा विवादपछि नेकपाका नेताहरु आफ्नै पार्टीको प्रचारमा जिल्लाका स्थानीय तह धाईरहेका छन । उनीहरुले पृथ्वीनारायण शाहको योगदानलाई विर्से उनले भने ।’

गैरीखाली बन्यो पृथ्वी चोक
गैरीखालीलाई पृथ्वी चोक घोषणा गरेको छ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पृथ्वीचोक घोषणा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य दिपक खनालले जानकारी दिए ।
उनका अनुसार, गैरीखालीको पिपलको रुख नजिकै पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । अव देखि गैरीखालीलाई पृथ्वीचोकका नामले समेत चिनिने खनालको भनाई छ ।
















































। २८ पुष २०७७, मंगलवार