
जाजरकोट, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले संविधान पढ्न प्रधानमन्त्री केपि शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाउँदै नेकपा प्रचण्ड–माधव समुहले संविधानका धारा पुनः अध्यन गर्न आग्रह गरेको हो । ‘तपाईलाई राम्ररी थाहा छ, संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघठन गर्ने कुनै अधिकार दिएको छैन् ।
तथापि संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्नुहोस, धाराको प्रति समेत यसैसाथ पठाएका छौं, जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएको विरोध पत्रमा भनिएको छ ।’ साथै नेकपाले पौष ५ गते संसद विघठन गरेर संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्तिक एवं स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै उक्त कदमको विरोध र भत्र्सना गरेको छ ।
ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको परिवर्तन गुम्ने खतरा रहेको भन्दै उसले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि जस्तोसुकै संघर्ष गर्न जनता सक्षम रहेको स्मरण गराएको छ । त्यस्तै नेकपाले प्रधानमन्त्री ओली सच्चिने अवसर रहेको पनि बताएको छ । ‘आफ्नो असंवैधानिक कदमप्रति पश्चाताप गरेर राष्ट्रका सामु क्षमयाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने अवसर छ, यो अवसरलाई खेर जान नदिन हामि प्रधानमन्त्रीलाई अनुरोध गर्दछौं, विरोध पत्रमा उल्लेख छ ।’

विरोध पत्र नेकपाका जिल्ला अध्यक्ष ढकवीर राणाले प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाएका थिए । जिल्ला अध्यक्ष सहित, अनेरास्ववियूका केन्द्रिय सदस्य अटल आचार्य, भेरी ज्ञानोदय क्याम्पसका ईन्चार्ज छविराज सिंह लगायत अन्य नेताहरु विरोध पत्र बोकी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
नेकपाले संसद विघठन असंवैधानिक रहेको भन्दै संसद पुनस्र्थापनाको माग सहित विभिन्न संघर्षका कार्यक्रमहरु गरिरहेको छ । यसै अनुसार प्रधानमन्त्रीलाई विरोध पत्र पठाईएको नेकपा जाजरकोठले जनाएको छ ।
















































। २५ पुष २०७७, शनिबार