नेकपा ओली समुह जाजरकोटद्धारा सात वटै स्थानीय तहमा भेलाको आयोजना, कुन स्थानीय तहमा कहिले ?

Image may contain: 7 people, including Dambar Singh, people sitting, people standing and outdoor

जाजरकाेट ।  नेकपा ओली समुह जाजरकोटले जिल्लाको सात वटै स्थानीय तहमा भेलाको कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय कमिटीमा प्रचण्ड–नेपाल पक्षमा लागेर खाली भएका स्थायी नगर र गाउँ कमिटीको अध्यक्ष र सचिवको साथै पदाधिकारी समेत चयन गर्नेछ ओली समुहका नेताहरुले जिल्लाका सात वटै स्थानीय तहमा कार्यक्रम गर्ने सार्वजनिक गरिएको ओली पक्षका केन्द्रिय सदस्य डम्बरबहादुर सिहंले जानकारी दिए ।  कार्यक्रमलाई केन्दिय स्तरका नेताहरुले सम्बाेधन गर्ने छन ।

यस्ताे छ कार्यक्रम गर्ने तालिका

२०७७/०९/२५ कुशे पालिका स्तरकाे भेला भार्मा
२०७७/०९/२७ जुनिचांदे पालिका स्तरकाेभेला
२०७७/०९/२८ छेडागाड नपास्तरकाे भेला मनघाट ।
२०७७/०९/२९ शिवालयकाे पालिकास्तरकाे भेला ऐराडि
२०७७/१०/४ गते नलगाडकाे तल्लु बगर
२०७७/१०/५ मन्मैबगर
२०७७/१०/६ कैना
२०७७/१०/७ गते बारेकाेट पालिकास्तर काे भेला लिम्सा
२०७७/१०/९ भेरि नपाकाे बाउनथान र
२०७७/१०/१० भेरि नपाकाे थर्पु प्राबि ।

तपाईको प्रतिक्रिया