नलगाडका दुई सय विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

Image may contain: 1 person, text that says 'REDMI NOTE REDMINOTE9 9 AI QUAD CAMERA 2021/1/714:01 2021/1/7'

जाजरकोट, २३ पुस । जिल्लाको नलगाड नगरपालिकाको दल्लीमा नगरपालिका भित्रका विपन्न तथा असहाय बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । बिधिवत् रुपमा दर्ता भई निरन्तर समाजसेवामा लागिरहेको सामाजिक संस्था ‘नलगाड डेभलपमेन्ट फाउन्डेसन’ ले बिहिवार एक कार्यक्रमको आयोजना गरी बिद्यालयका बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

संस्थाले पालिका भित्रका १६ वटा बिद्यालयका दुई सय जना बिर्थीहरुलाई दुईसय वटा झोला र शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो । आफुहरुले शैक्षिक सामाग्री पाएपछि पढाईमा सहजता हुने बिद्यार्थीहरुले बताएका थिए ।

Image may contain: 5 people

नलगाड डेभलपमेन्ट फाउन्डेसनका सचिब जय बहादुर खड्काले पालिका भित्रका बिपन्न,असहाय स्कुले छात्र,छात्राहरुलाई सहज होस् भन्ने उदेश्यले सामाग्री वितरण गरेको बताउनुभयोे । थोरै सामाग्री भएकोले पालिका भित्रका वडाहरु बाट असहाय,बिपन्न बिद्यार्थी छनौट गरि वितरण गरेका छौ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नलगाड डेभलपमेन्ट फाउन्डेसनले गरेको काम साह्रै राम्रो बताएका थिए । संस्थाका अध्यक्ष सुदाम गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल,विशिष्ट अतिथि नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल रहनु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब जय बहादुर खड्काले गर्नु भएको थियो ।

Image may contain: 4 people, people standing

तपाईको प्रतिक्रिया