सिंहदरबारकै झझल्को दिनेगरी पन्चपुरी नगरपालिकाले भवन बनाउदै ।

सुर्खेत – सुर्खेत पश्चिममा रहेको पन्चपुरी नगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गर्दैछ ।

नेपाल संघीयतामा गएपछि गाउँगाउँमा सिंहदरबार पुगेको भन्ने मान्यता स्थापित भयो ।

पन्चपुरी नगरपालिकाले सिंहदरबार शैलीमै नयाँ भवन निर्माण गर्दैछ । उक्त भवन नयाँ वर्षसम्म सप्पन्न हुने मेयर उपेन्द्र थापाले बताए ।

थापाले सुर्खेतका स्थानीय तहहरुले दीर्घकालीन रूपमा उपयोग हुने खालका संरचना निर्माण गर्न जोड गर्नुपर्ने बताए , उनले आफ्नो कार्यालयमा बन्ने उक्त प्रशासनिक भवनले आधा शताब्दीसम्म काम गर्ने बिश्वास लिएका छन् ।

मेयर थापाले आफ्नो कार्यकालमा पुर्वाधारतर्फ आधारभुत संरचना निर्माण सप्पन्न हुने लक्ष्य रहेको बताए , उनले भने हामी जनतालाई अस्वभाविक र गर्न नसकिने आश्वासन दिने पक्षमा छैनौं ।

पन्चपुरीमा हाल मेयर उपेन्द्र थापा र प्रशासकीय प्रमुख मोहन बुढा दुबै स्थानीय छन् , जसका कारण पनि कर्यसम्पादन गर्न सहज भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया