हाम्रो पुहँच डटकम टीमलाई वडाध्यक्षले दिए क्यामेरा उपहार

No description available.जाजरकोट, २२ पुस । कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले हाम्रो पहुँच डटकम टिमलाई क्यामेरा उपहार दिएका छन् । बुधबार वडाको सम्पर्क कार्यालय खलंगामा हिमालय पत्र मिडिया प्रा.ली.का अध्यक्ष एवम् हाम्रो पुहँच डटकमका प्रधान सम्पादक कालीबहादुर नेपालीलाई क्यामेरा हस्तान्तरण गरेका हुन् । पछिल्लो समय जाजरकोटमा सक्रिय पत्रकारीता गरेर आम नागरिकको सुचनाको पहिलो आधार बनेको अनलाईन पत्रिकालाई क्यामेरा हस्तान्तरण गरेको नेपालीको भनाई छ । उनले भने, ‘काम एकदमै राम्रो तर स्रोत साधन अभावले अझै काम गर्न नसकेको देखेर मैले क्यामेरा सहयोग गरेका हुँ ।’

जाजरकोट जस्तो दुर्गम ठाउँमा रहेर अनलाईन पत्रकारीता गर्न कठिन भएपनि जनताको दु ःख पीडालाई अनलाईन पत्रिका मार्फत समाधानको बाटो खोजेको अनलाईन पत्रिकालाई क्यामेरा सहयोग गर्न पाउनु आफ्नो लागि निकै खुशीको कुरा भएको नेपालीले बताए । विगत १ बर्ष देखि जाजरकोट सदरमुकाममा सञ्चालन भईरहेको हाम्रो पुहँच डटकमले जाजरकोटको विकास, शुसासन,पार्दशिता, भष्ट्रचार, अनियमितता, कृषि क्षेत्रको बजारीकरण,पर्यटन लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

No description available.

नेपालीले दिएको क्यामेरा बुझ्दै प्रधान सम्पादक कालीबहादुर नेपालीले क्यामेरा हस्तान्तरण गर्ने वडाध्यक्ष नेपालीलाई धन्यवाद दिदै जाजरकोटको विकासमा आफ्नो टीम सदैव खटिने बताए । जातीय विभेद, महिलाका समस्या,खाद्यान्नको समस्या,शिक्षा, स्वास्थ्य, खानेपानी विद्युत, सञ्चार, पर्यटन यातायातको क्षेत्रलाई प्राथमिकतामा राखि काम गर्ने उनको भनाई छ । स्थानीय तहमा भईरहेका गतिविधीलाई समेत प्राथमिकतामा राखेर मिडियाले काम गर्ने अध्यक्ष नेपालीले बताए ।

तपाईको प्रतिक्रिया