मैनबत्ती बालेर बिजुलीको माग

 जुम्ला : लामो समयदेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासीले मैनबत्ती र दियालो बालेर प्रदर्शन गरेका छन्। बिजुली आपूर्ति नभएसम्म दबाबमुलक कार्यक्रम गरिरहने उनीहरुको भनाइ छ।

करिब १५ दिनदेखि नियमित बिजुली आपूर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन्। तत्काल बिजुली आपूर्ति विद्युत् प्रराधिकरणको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्।

राजनीति दल, सामाजिक संघसंस्था, पत्रकार, नागरिक समाज, युवा सम्मिलित विद्युत् आपूर्ति संघर्ष समिति गठन भएको छ। उक्त समितिको अगुवाइमा चन्दननाथ नगरपालिका–५ कृष्ण मन्दिर नजिकै कहिले दियालो बालेर त कहिले मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

नयाँ मेसिन खरिदमा भएको अनियमिततादेखि केन्द्रीय प्रशारण लाइन नजोडेसम्म आन्दोलन जारी रहने स्थानीय युवा महेन्द्र कार्कीले बताए। बिजुली नहुँदा छापा तथा विद्युतीय सञ्चार माध्यम समेत बन्द रहेका स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया