साहित्यकार दाहालका चार मुक्तकमा के छ मिठास ? हेर्नुहोस

 मनोज दाहाल ‘मनु’ सल्यान

 मुक्तक

१. खोसिएको अधिकार माग्नुपर्छ अब
समान्तिको विरुद्धमा लाग्नुपर्छ अब
भ्रष्टाचारी,बलत्कारी हटाएर देश बाट
सिङ्गापुर बनाउने लक्ष्य ताक्नुपर्छ अब

मुक्तक
२.पार्टी पार्टी दुश्मन लागेर त मेरो देश बनेन्
नेपाल बाटै राजा भागेर त मेरो देश बनेन्
आर्यघाटमा जान उमेर पुगेकाले देश हाँके
हामी सडकमा उर्लिदै जागेर त मेरो देश बनेन्

मुक्तक
३. बिर्सिए भ्रष्टाचारीले देशको लागि सद्भाव लडेको
शहिदको रगतकै मोलले शहरमा महल ठडेको
देशलाई नै खण्ड खण्डमा बिभाजन गर्दै छन रे
बिर्सिए छन सहिद पृथ्वी,बलभद्रले गर्दा देश अडेको

मुक्तक
४. ओईलिएको फुल सरी मलाई झर्नु परेको छ
नचाहेरै जिन्दगीका खुड्किला तर्नु परेको छ
तपाईंलाई के नै थाहा छ र महोदय मेरो बारे
जिउँदो मान्छे बाध्यताले यहाँ मर्नु परेको छ

 

तपाईको प्रतिक्रिया