नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल पक्राउ ।

काठमाडौ
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो। पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका छन्।
तनहुँमा विभिन्न विकास निर्माणका कार्यक्रममा ।

१- रिसिङ गाउँपालिका झापुटारमा गाउँ पालिका सभाहलको निर्माण – शिलान्यास कार्यक्रम

२. व्यास १ र ११ जोड्ने पक्की पुल जो २०७५ मै निर्माण सम्पन्न भएको थियो – त्यसको साइड रोड निर्माण/मर्मत संगै आज उद्घाटन गर्ने कार्यक्रममा नेकपाको अवरोध र प्रशासन लगाएर रोक्ने प्रयास भएकाले त्यसको विरोधमा जन स्तरीय भेलालाई सम्बोदन गर्दै गर्दा‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस’
तनहुँमा पुल उद्घाटनमा काग्रेस र युवासंघको विवाद भएपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा लिएको हो। व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

तपाईको प्रतिक्रिया