जुनिचाँदेमा भिर बाट खसेर महिलाको मृत्यु

अछामबाट बर्दिया फर्केका पुरुषको क्वारेन्टिनमा मृत्युगोपाल गिरी
जाजरकोट,११ मंसिर ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एक महिलाको भिरबाट खसेर मृत्यू भएको छ । बुधवार जिल्लाको जुनिचाँदे गाउँपालिका ५ मटेलाकि रामसिला बस्नेतको मृत्यू भएको कार्यबहाक वडा अध्यक्ष भिम बहादुर बस्नेतले जानकारी दिए ।

मटेलाको आग्र भन्ने ठाउँमा बाख्रा चराउन गएकी २८ बर्षिय बस्नेतको घटना स्थलमै ज्यान गएको थियो । बार्खालाइ स्याउला काटने क्रममा ढुगा लाग्दा ३ सय मिटर लडेर ज्यान गएको बस्नेतले जानकारी दिए । बस्नेतका २ छोरा १ छोरी छन ।

तपाईको प्रतिक्रिया