आठविसकोटमा नेकपाको जन भेटघाट, अव देशमा आर्थिक समृद्धीको क्रान्ति गर्ने दावी

No description available.

टेकराज पुन रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि नेकपाले सरु गरेको आर्थिक समृद्धी तथा सामाजिक रुपान्तर जनभेटघाट अभियान अन्तरर्गत मंगलबार ४÷५ नम्वर वडाको संयुक्त रुपमा ४ नम्वर वडाको चौतारामा यो कार्यक्रम गर्दै अभियान सम्पन्न भएको छ ।

गएको असोज २३ गते देखी नेपाल कम्यूनिष्ट पार्र्टी आठविसकोट नगर कमिटीको आयोजनामा यो अभियान सञ्चालन गरिएको नेपाल कम्युष्टि पार्र्टी नेकपाका नगर कमिटीका अध्यक्ष हरिप्रशाद शर्माले बताए ।

हरेक जनभेट घाट कार्यक्रममा आठविकोट वासीहरुलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य वसन्त कुमार शर्माले, अव प्रत्येक टोल टोलहरुमा १० ÷१० जनाको समुहमा समिती गठन गर्ने , र सोही समुहलाई विभिन्न ब्यवसायका लागी २ लाख सम्मको ऋण उपलब्ध गराउन मद्धत गर्ने बताए । अव देशमा समृद्धीको क्रान्ति गर्ने नेकपाको लक्ष्य रहेको पनी उनको भनाई छ । मंगलबार सम्म आठविसकोट नगरपालिकाका १३ वटा वडामा यो अभियान सम्पन्न भएको छ । यही कार्यक्रमको दौरानमा नेकपामा प्रवेश गर्नेको सँख्या पनी ठुलै रहेको नगर कमिटी आठविसकोटले जनाएको छ ।

अवका दिनहरुमा संस्कार बदलिनु पर्ने, प्रत्येक ब्यक्तिहरुका सोचहरु फेरीनु पर्ने , सवै नागरिकहरुले आफै मातृभूमीमा केही गर्नु पर्छ भन्ने सोचे ब्यक्ती सँगसँगै समाज,समाज सँगसँगै देशले केही स्वरुप फेर्ने आठविसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताए । मंगलबार गोतामकोटमा भएको नेकपाको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३० जनाले नेपाल कम्युष्टि पार्टी नेकपामा प्रवेश गरेका छन ।

यो अभियानमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य तथा रुकुम पश्चिमका जिल्ला सहइन्चार्ज वसन्त कुमार शर्मा , प्रदेश कमिटी सदस्य तथा आठविसकोट नगरपालिकाका नगरप्रमुख गोरख बहादुर केसी , नगर कमिटी अध्यक्ष हरिप्रसाद शर्मा , सचिव रवी केसी लगाएत जिल्ला सचिवालय सदस्य प्रेमा शाही , लगाएत दर्जनौ कार्यकर्ताहरु जनताको घरदैलोमै गएर जभेटघाट कार्यक्रम गरिरहेका छन ।

पुन हाम्रो पहुँच डटकम रुकुम पश्चिमका रिर्पाेटर हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया