जिल्लाको शिवालय गाउँपालिका वडा न. ३ मा अवस्थित केदारनाथ कृषि फममा करिव ४० वटा बाख्रा छन् । स्थानिय वातावरण सहकारी सस्थाको ५ लाख ऋण र ५ लाख स्वलगानी गरि जम्मा १० लाख लगानीबाट सन्चालन गरिएको बाख्रा पालन ब्यबसायले मनग्य आम्दानी दिएको र अन्य उधम गर्न चाहने बेरोजगार युवाहरूलाई समेत व्यबसाय तर्फ आकर्षण गर्न थालेको फमका सन्चालक जगतजङ थापा बताउछन् । स्वदेशमै रोजगारिका अवसरहरु सृजना गर्न र बेरोजगारीले पिरलिएको नेपाली समाजलाई सकारात्मक उर्जा जगाउन काम थालिएको संचालक थापाले बताए । उनको फममा अहिले विभिन्न जातका उन्नत ४० वटा बाख्रा रहेका छन । खसी,बाख्रा र पाठापाठी बिक्रि गर्ने गरेको र मासिक रुपमा झन्डै ३० हजार आम्दानी हुने गरेको संचालक बताउछन् । अझै माउ बाख्रा थपी ब्यबसायलाई बिस्तार गरि लैजाले उनको सोच छ । परम्परागत रुपमा गरिएको ब्यबसाय बाट सोचेजस्तो आम्दानी नहुने भएकाले व्यावसायिक रुपमा बाख्रा पालन गर्ने सोचका साथ लगानी गरिएको फमका संचालक थापा बताउछन् ।
सरकारले ब्यबसाय तर्फ आकर्षित गर्न युवाहरूलाई उपयुक्त व्यावसायिक ज्ञान दिनुपर्ने र लगानीको पनि उचित प्रबन्ध गर्नुपर्ने बताउछन् ।
स्थानिय श्रोतको परिचालन मार्फत मात्र देश सम्मुनत हुने र देशको अर्थतन्त्र बलियो हुने भएकाले सबैलाई व्यावसायिक बन्न थापा सुझाव छ । साथै रोजगारिको खोजिमा रहेका युवाहरुलाई आफुजस्तै पेशा ब्यबसाय गरि आत्मनिर्भर बन्न सल्लाह समेत दिने गरेका छन ।
थापा नेकपा शिवालय गाउँपालिका जाजरकोटका गाउँ कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कार्यलय सदस्य सचिवालय सदस्य हुन ।
















































। १९ कार्तिक २०७७, बुधबार