पहिरो पीडितलाई समाजसेवी गौतमको आर्थीक सहयोग

Image may contain: 1 person, mountain, outdoor and nature

जाजरकोट । पहिरो पीडितलाई समाजसेवी केशव गौतमले ५ हजार आर्थीक सहयोग गरेका छन । नेपाल यूवा परिषद जाजरकोटको समन्वयनमा गौतमले नलगाड नगरपालिका ६ पिउलीका पहिरो पीडितलाई आर्थीक सहयोग गरेका हुन ।

सहयोग गर्ने गौतम सिटिजन वैंक जाजरकोटमा कार्यरक्त छन । पहिरो पीडित परिवारको १० देखि १२ लाख सम्मको क्षति भएको थियो ।  विपत्तिमा परेका आम नागरिकलाई सहयोग गर्ने गाैतमकाे भनाई  छ । नेपाल यूवा परिषद जाजरकोटका संयोजक प्रविन विक मार्फत पीडित मानबहादुर विक सहित अन्य परिवारलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया