
जाजरकोट । जीवन रुपान्तरण अभियानका अभियन्ता नरबहादुर कार्कीले जाजरकोटका विद्यार्थीलाई लक्षित गरेर सौर्य उर्जा जडान अभियान शुरु गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत त्यस्तो अभियान शुरु गर्ने घोषणा गरेका हुन् ।
सामाजिक अभियन्ता कार्कीले बाल्यकालमा तातोपानीको अभावमा नुहाउँन नपाउँदा बालबालिकाले भोगिरहेको पीडालाई अघि सार्दै लेखेका छन्र्, पोलिस्टरको आकाशे रङ्को एक्सरो मैलो लुगा सँग पढ्न बहुत गाह्रो हुन्छ र नुहाउँन पनि रुनु पर्ने हुन्छ ।
लिखा जुम्रा सँग कन्याउदै पढ्दै गर्न त झन गाह्रो हुन्छ ।’ आफ्नो अभियान सफल भएमा उनले बालबालिकाहरु रमाएर सफा सुग्गघर हुने’ बिस्वास व्यक्त गरेका छन्।
आफ्नो स्टाटसमा झन्डै पाँच महिना अत्ती नै चिसो हुने जाजरकोटका गाउहरुमा सौर्य उर्जाबाट पानी तताउने प्रणाली (सामुदायिक ब्यबस्थापन) हुने गरी राख्ने पहल गर्न लागेको जानकारी दिंदै यो परिक्षण सफल भएमा हिमाली तथा उच्च पहाडी जिल्लाका महिला बालबालिका केन्द्रित गरी लुगा धुन र नुहाउँन मिल्ने गरी सामुदायिक न्यानो स्नान केन्द्र बनाउन सकिने आफ्नो तर्क अघि सारेका छन् ।
सामाजिक अभियन्ता कार्कीले अन्तमा महिला तथा बालबालिकाका लागि लक्षित गरेर अघि सारिएको आफ्नो योजनामा सहयोग र समर्थन गर्न तथा साथ् दिन उनले सबैलाई आग्रह गरेका छन । त्यति मात्र हैन, उनले आफ्नो गाउँमा यस्तो अभियान संचालन नै गर्न अपिल पनि गरेका छन ।
उनकाे याे फेसवुक लिक खाेलेर हेर्नुहाेला
https://www.facebook.com/nara.b.karki?__cft__[0]=AZVKJqZjFp7dz9rRskj0omc8AYks9qnX3C4z_VqcD5uwggsvZeQoplj4FzCdJO5dG6edl1K7L_Q5ETgj8gec-z8Vkt3SZf_8xUyOG27tHh18cea-kM9ScaJ8mPphDa2uEbQ&__tn__=-UC%2CP-R
















































। १६ कार्तिक २०७७, आईतवार