घर लिप्ने माटो निकाल्ने क्रममा सुख्खा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्व हुनेमा छेडागाड नगरपालिकाको वडा न.३ चुवाकि बर्ष ३० कि सितला जैसी र सोही गाउँकि बर्ष १६ कि आरती दाहाल रहेकी छिन भने सोही गाउँकि बर्ष २४ कि सरिता जैसी र छेडागाड ४ कि बर्ष ५१ कि धनसरा चदारा घाईते भएकी छिन । दशैको लागि घर लिप्ने माटो लिन स्थानिय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमीटरको दुरि टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन । घाईतेहरुलाई उपचारको लागि नेपाल आर्मिको हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ भने घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताउनुभयो ।
छेडागाडमा सुख्खा पहिरो खस्दा दुई जनाको मृत्यु,घाइतेलाई हेलिकप्टर द्वारा उद्दार
तपाईको प्रतिक्रिया
















































। ८ कार्तिक २०७७, शनिबार