जाजरकोट । जाजरकोटमा दुई बर्षपछि सार्वजनिक यातायातका साधनमा नयाँ भाडा निर्धारण गरिएको छ । सोमबार सदुरमुकाम खलंगा बाट विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको हो ।
खलंगा बाट बाहिरने र सदरमुकाम भित्रिने सवारी साधनमा व्यवसायीले यात्रु बाट मनोमानी भाडा लिने गरेको जनगुनासो बढेपछि नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
जिल्लाका गा्रमीण क्षेत्रमा दशैँ तिहारको अवसरमा चर्काे भाडा असुल्दै आएको जनगुनासो आए संगै जिल्लाका विभिन्न सडकमा भाडा कायम गरेको प्रजिअ बरालको भनाई छ ।
२०७५ असोज ११ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको वैठकले जाजरकोट जिल्लामा नयाँ भाडादर कायम गरिएको थियो ।
दुई बर्षको अवधिपछि सोमबार देखि नयाँ भाडादर निर्धारण भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । खलंगा काठमाडौँ, खलंगा नेपालगञ्ज,खलंगा थलह,खलंगा पाँचकाटिया, खलंगा तल्लुवगर लगायत सडक र त्यस अन्र्गतका खण्डमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
यस्तो छ नयाँ भाडादर

















































। ६ कार्तिक २०७७, बिहीबार