
जाजरकाेट । जिल्लाको भेरी नगरपालिकाका एक वडाध्यक्षले चाडपर्व दशैँ वाफतको भत्ता नलिने घोषणा गरेका छन । भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले बुधबार सामाजिक सञ्चालनमा आफुले पाउने चाडपर्वको खर्च नलिने घोषणा गरेका हुन ।
कोरोना भाईरस कोभिड १९ ले देशमा सताईरहेका वेला कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधीको लागि चाडपर्व भत्तावापत ६ करोड रुपैँया खर्च भएको छ । उक्त रकम अन्तर्गत भेरी नगरपालिका ४ का वडाध्यक्ष शाहले नलिने घोषणा गरेका छन ।
२०७५ असार ५ गते कर्णाली प्रदेश सरकारले पारित गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी ऐन, मा स्थानीय तहका वडा सदस्यदेखि प्रमुख सम्मलाई चाडपर्व खर्च वापत प्रतिव्यक्ति १५ हजार रुपैँया दिइने उल्लेख गरिएको थियो । कर्णालीका ७९ स्थानीय तह र १० जिल्ला समन्वयन समितीमा ४ हजार १६ जना जनप्रतिनीधि रहेका छन । ऐन अनुसार सबै जनप्रतिनिधी रहेका छन । ऐन अनुसार सबै जनप्रतिनिधीलाई ६ करोड २ लाख रुपैयाँ खर्च भएको छ । देशमा यस्तो कोरोनाले भयावह अवस्था सिर्जना भएको छ ।
उनले भने, यस्तो अवस्थामा हामीले १५ हजार किन लिने ? मेरो खातामा नगरपालिकाले जम्मा गरेको भए फिर्ता गर्छु । जनताको मतदान बाट विजय जनप्रतिनिधी हुँ । अहिलेको दशैँ भत्ता बाट चलाएर अर्काे बर्ष के गर्ने ? त्यसैले नियमाअनुसार आएको रकम म लिन्न । शाह यो भन्दा पहिले भेरी नगरपालिका क्षेत्रभित्र सबैभन्दा बढी कर तिर्नेमा सम्मानित भएका थिए ।
















































। ६ कार्तिक २०७७, बिहीबार