
तस्वीर बारेकाेट गाउँपालिकाकाे बालबालिका
कालीबहादुर नेपाली
जाजरकोट । सुन्दा अचम्म लाग्न सक्छ, स्कुल भन्दा गोठालो प्यारो । तर अचम्म मान्नुपर्ने विषय होइन । जिल्लाको बारेकोट गाउँपालिका २ का धनबहादुर नेपालीको यो बास्तविक कथा हो । उनी विद्यालय जान धेरै रुचाउँछन् , तर विद्यालय जान भने, घरको कामले भ्याउँदैनन् । जव घडीमा विहानको १० बज्छ । उनका सबै साथीहरु झोला बोकेर विद्यालय जान्छन् । उनी पाँच वटा गाई लिएर गोठाला पुग्छन् । उनको दैनिकीको पेशा भई सकेको छ ।
गत असारमा उनका वुवाले नजिकैको गोठमा आत्माहत्या गरे । “वुवाले आत्माहत्या गरेपछि उनकी आमाले उनीसहित भाईबहिनी र दिदीलाई स्याहार गर्दै आएकी छन् ।
कलिलो उमेरमा श्रीमानले छोड्नुको पिडा त छ नै, ३÷४ छोराछोरीलाई पढाउन ,लेखाउन,घर खर्च गर्न निकै समस्या हुने गरेको छ ।” त्येसैले धनबहादुरको विद्यालय भन्दा गोठालो प्यारो बाध्यताले भएको हो । मनमा साथीहरु जस्तै पढ्ने रहर भएपनि काँधमा वुवाको मृत्यु पछि जिम्मेवारी थपिएकोले भाईबहिनी र आमालाई सहयोग गर्ने गरेको उनको भनाई छ । उनले भनेर्, म १२ बर्षको थिए वुवाले संसार छोड्नुभयो । त्यसपछि मेरो विद्यालय सम्म जाने बाटो नै बन्ध भयो ।’
घरमा आम्दानीको श्रोत एउटा पनि छैनन म अनि भाईबहिनी पढ्नुपर्छ कसरी विद्यालय जाने निकै समस्या हुने गरेको उनले दुखेसो् गरे । कमाई गर्न जाने उमेर भएको छैन, पढाई खर्चका लागि कसैले सहयोग गरेको छैन अब भन्नुहोस ? कसरी विद्यालय जाने र विद्यालयमा पढ्ने । बुवा भएको भएपनि कमाई गर्नुहुन्थ्यो । हामीलाई विद्यालय जान सहज हुन्थ्यो ।
अहिले आएर आमा हुनुहुन्छ । “आमाले हामीलाई खानाको जोहो मिलाउनुहुन्छ । बर्खामा घरको छानो चुहिने हुन्छ ,कसैको पर्म गरेर आमाले हामीलाई उपलब्ध गराउनुहुन्छ । त्येसैले म विद्यालय गइन, मलाई गोठालो प्यारो लाग्छ ।” यति कुराले भन्छ ,उनी लक्का जवान हुन । कदापी उनी जवान होइन । उनी जम्मा १३ बर्षका भए । उनी संगैका साथीहरु रमाउँदै, विद्यालय जान्छन् । उनी सधै एउटा गीत गाउँदै, गोठालो जान्छन् ।
“जाउँ बावु नभन्नु आमा जान्न मत साहुको मेलामा” यो गीत उनको मनमा अडिक भएर बसेको छ । उनले भने,“म विद्यालय गए भने आमाले कापी कलम किन्नुपर्छ , किन्नको लागी घरमा पैसा छैन ,कार्नुपर्छ ।” आमाले बुवा नभएको भन्दै गाउँमा हेर्ने दृष्टिकोण राम्रो छैन कसैले पत्याउँदैन निकै समस्या छ ।” कसैले सहयोग गरेको भए म त विग्रेपनि मेराभाईबहिनीलाई शिक्षाको बाटो देखाउने थिए उनले भेरीमालिका संग भने ।
यस्तो घरको आर्थीक अवस्था कमजोर भएका बालबालिकालाई स्थानीय सरकारले निशुल्क शिक्षाको व्यवस्था गरी उनीलाई गास बास कपासको व्यवस्था गरिदिए राम्रो हुने समाजसेवी गोरखबहादुर सिहंले बताए । गाउँमा स्थानीय सरकार आएको स्थानीय जनताको जिवन स्तर उकास्नका लागि आएको सरकार हो । त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित हुने उनको भनाई छ ।
पढाई खर्च नहुदाँ घरायसी काममा व्यस्त
आर्थीक अवस्था कमजोर भएका कारण बारेकोटका सय भन्दा बढि दलित बालबालिका विद्यालय बाहिर रहेका छन् । घरको आर्थीक अवस्था कमजोर भएकै कारण उनीहरु विद्यालय शिक्षा बाट बाहिर रहेका हुन । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ की तारा नेपाली घरको आर्थीक अवस्था नाजुक भएकै कारण विद्यालयको पहुँच बाट टाढा छन् ।
उनले भनिनर्् मलाई स्कुल जान मन त लाग्छ घरको आर्थीक अवस्था कमजोर छ ।’र्, म सानै उमेरकी थिए मेरी आमाको निधन थिएको थियो ।’ घरमा बुवाले काम त गर्नुहुन्छ । बुवाले मिहिनेत गरेर कमाएको पैसाले हामीलाई ६ महिना पनि पुग्दैन ।
हामीले कसरी पढ्ने त्यहि भएर मलाई स्कुल जान मन लाग्दैन । जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिका ६ तारा नेपाली उदाहरण पात्र मात्र हुन । बारेकोटका सय भन्दा बढि दलित बालबालिका विद्यालयको पहँुच भन्दा बाहिर रहेको बारेकोट गाउँपालिकाका पत्रकार लोकेन्द्र विश्वकर्माले बताए ।
बारेकोट गाउँपालिका वडा नं. ६ निवासी निर्मला नेपाली पनि विद्यालय शिक्षा बाट बञ्चित छन् । उनले भनिन्, सानै उमेरमा आमाको निधन भएपछि मैले घरको सबै भार सम्हाल्नु पर्यो ।
घरको आर्थीक अबस्था कमजोर छ । कमाईको सबै पैसा भाईबहिनीलाई खाना र घरभन्दा चलाउन ठिक्क हुन्छ । कसरी पढाई गर्न सकिन्छ ? उनले दुखेसो गरिन् । बारेकोट गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष तिलक महताराले यस वडामा धेरै बालबालिका शिक्षाको पहुँच बाट बाहिर रहेका छन् । घरको आर्थीक अबस्था कमजोर छ ।,
सानै उमेरमा आमाबावुको निधन हुनुले यहाँका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको उनको भनाई छ । विहान नै उठेर विद्यालय जानुभन्दा पहिले यहाँका बालबालिका डाले घाँस लिने स्थानीय जंगल जाने गरेका छन् । स्थानीय शुसिला विकले भनिन् हाम्रो गाउँका अघिकांश बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन्, विद्यालयको समयमा घरमयसी काम गर्नुपर्ने भएकोले यहाँका बालबालिका बञ्चित भएका हुन् । बालबालिकामा शिक्षाको विकास गर्न कुनै पनि सरकारी निकायले ध्यान दिएका छैनन् ।
बारेकोट गाउँपालिका भित्रका अति गरिब ,दलित र पिछडिएका दलित समुदायका बालबालिकाहरु अहिले पनि शिक्षामा गतिलो पहुँच हुन सकिरहेको छैन । शिक्षाको अभावले उनीहरु सानै उमेरमा विहे गर्छन, र स्वास्थ्यमा समस्या देखिएका कारण उनीहरुको अकालमा मृत्यु हुने गरेको वडा अध्यक्ष तिलक महताराले बताए । राम्रो पुस्तक पर्ने उनीहरुले सपना बोकेका हुन्छन् । साधारण सरकारी विद्यालयमा पढ्ने बालबालिका कापी कलम र अन्य अनिबार्य सामग्री किन्न नसकि पढाई बाट टाढा रहेका छन् ।
गाउँपालिकाको वडा नं. ४ मैनाका जगत कामीका छोराछोरी शिक्षा बाट बञ्चित भएका छन् । उनले भने, म अन्धो र वृद्ध अवस्थामा छु घरमा कमाएर बालबालिका पढाउने अवस्था छैन उनले भेरीमालिका कर्मी संग आँसुका थोपा तपतप गर्दै भने, मेरा छोराछोरीको मन सपना ठुलो छ । तर घरको आर्थीक अवस्था कमजोर रहेका छ ।
म गर्न सक्दिन लामो सास फेर्दै उनले दुखेसो गरे कसले गरिदेला यिनीहरुको सपना पुरा । उनी जस्तै सोही गाउँकि अनुरुपा विकले भनिन् म ५३ बर्षकी भए, मेरा दुई छोरी छन् घरको आर्थीक अबस्था कमजोर छ । कसरी उनीहरुलाई शिक्षा दिने र विद्यालय पठाउने होला । उनले भनिन् घरमा कोहि छैनन् आफुले कमाएको पैसाले खाना पुग्दैन, कसरी बालबालिकालाई शिक्षा हे भगवान उनीलाई शिक्षाको बाटो देखाइदिउ । बारेकोट गाउँपालिका भित्र गरिवीको रेखा मुनिरहेका र गरिवीकै करण पढ्न नपाएका विद्यार्थी धैरै रहेको जिल्ला अपाङ्गा उथान केन्द्रका अध्यक्ष यम बहादुर बस्नेतले जानकारी दिएका छन ।
















































। ४ कार्तिक २०७७, मंगलवार