छेडागाडमा झुन्डिएको अवस्थामा भेटियो यूवाको शव

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका–९ चल्लोपालेमा दोबट्टाको पासो लगाएर एक जना युवाको आईतबार मृत्यू भएको छ । पासो लगाएर मृत्यु हुनेमा ३३ बर्षिय लिलाराम गिरी रहेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

कान्छा ससुरा नाता लाग्ने बिष्णु गिरीको घरमा घाँटीमा दोवट्टाको पासो लगाएर लिलारामले आत्म हत्या गरेको स्थानीयले बताएका छन । लिलारामले आत्महत्या गर्नुको कारण हालसम्म नखुलेको प्रहरी प्रमुख श्रेष्ठको भनाई रहेको छ ।

बडाबन ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली घटना स्थलमा पुगिसकेको जानकारी दिदै डिएसपी श्रेष्ठले जिल्लाबाट गएको प्रहरी टोली पनि केहि समयमै घटना स्थलमा पुग्ने बताए ।

लिलाराम छेडागाड नगरपालिका–८ रुवाका हुन भने, कान्छा ससुरा बिष्णु गिरीको घर छेडागाड नगरपालिका–९ चल्लोपोलेमा पर्दछ । लिलाराम २ दिन अघि मात्र सुर्खेतबाट घर फर्केको बताईएको छ ।

तपाईको प्रतिक्रिया