
जाजरकोट । मदन भण्डारी स्पोर्टस एकेडेमी जाजरकोटको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरको छ । हिन्दु नेपालीहरुको महान चाडपर्व विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, नेकपा जाजरकोटका अध्यक्ष ढकवीर राणा, पुर्व माननीय सांसद रत्नप्रसाद शर्मा, भेरी नगरपालिकाका नगरप्रमुख
चन्द्रप्रकाश घर्ती लगायत अन्य खेल संग सम्बन्धीत व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमी जाजरकोटका अध्यक्ष लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।

















































। ३० आश्विन २०७७, शुक्रबार