समन्वयको अभावले अनेरास्ववियूमा किचलाे आयो : अध्यक्ष राणा

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटका अध्यक्ष ढकवीर राणाले समन्वयनको अभावले अनेरास्ववियूमा किचलो आएको बताएका छन । मदन भण्डारी स्पोर्टस एकेडेमी जाजरकोटले गरेको दशै तिहार तथा छठको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पार्टीका भातृ संगठनहरुले पार्टी संग समन्वयन नगर्दा किचलो भएको बताएका हुन ।

उनले भने, “राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटको एकता प्रक्रियामा पनि पार्टीलाई खबर गरिएन । त्यसपछि अनेरास्ववियूको एकताका वेला पनि पार्टीलाई कुनै खालको जानकारी नभएकोले समस्यामा परेको छ ।” पार्टीका कुनै जिम्मेवार व्यक्तिहरुलाई खबर गरी सबैलाई समावेश तरिकाले लिएको भए अहिले नेकपाका भातृ संगठनहरुमा किचलो नहुने उनले बताए ।

पार्टी भित्रको गुटले राम्रो गर्दैन, पार्टी भित्रका गुटहरु अन्त्य गर्न पार्टीका जिम्मेवार नेताहरुले सोच्नुपर्ने वेला आएको उनले बताए । पार्टीका भातृ संगठनहरुले पार्टीको निर्देशन, सिद्धान्त तथा दायित्वलाई ख्याल गर्नुपर्नेमा कुरामा जोड गरेका थिए । यता नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू जाजरकोटमा एकता प्रक्रिया विवादित बनेको छ ।  # भेरीमालिका# 

तपाईको प्रतिक्रिया