शिवालयमा प्रहरी चौकी स्थापना, स्थानीय हर्षित

शिवालय  गाउँपालिकाको वडा नम्बर ५ ठाँटीमा अस्थायी प्रहरी चौकी स्थापना गर्न गृहमन्त्रालयले जाजरकोट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ । शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही निर्वाचनमा बिजय भएसङै ठाँटीमा प्रहरी चौकी स्थापना गर्न परामर्शमा थिए ।

“अध्यक्ष शाहीले विभिन्न तहका राजनीतिक दलका नेतासंग वार्ता संवादलाई निरन्तर राख्दै आएका थिए । पुर्व गृहमन्त्री शक्ति बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा , प्रदेश सभा सदस्य करबिर शाही लगाएत सरोकारवाला निकायको सहयोग रहेको कारण यो सफल भयो” एक स्थानीय युवाले बताए ।

सुरक्षाका दृष्टिकाेणमा शिवालयले सानै भएपनि उपलब्धि हासिल गरेको स्थानीय शिक्षक सर्मिला रावलले बताइन । अस्थाई प्रहरी चौकी बन्नेभएपछि स्थानीय हर्षित भएका छन् । अध्यक्ष शाहीले सामाजिक संजाल फेसाबुकमा लेखेका छन् ” हाम्रो लामो समय देखी शिबालय गाउपालिका वडा नम्बर ५ थालारैकरको ठाटिमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने प्रयास सफल भएको छ।

तपाईको प्रतिक्रिया