
सांकेतिक तस्वीर
कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहका प्रत्येक वडामा सडक पुगेको छ । आर्थीक बर्ष २०७६÷०७७ को बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै, जिल्लाका सात वटै स्थानीय तहमा सडक पुगेको प्रगति विवरणमा देखाईएको छ । जिल्लाको दुर्गम मानिएको बारेकोट गाउँपालिकामा गत आर्थीक बर्ष २०७६÷०७७ मा हानीसल्ला — लिम्सा सडक खण्डको ८ किलोमिटर ट्रयाक खुलाईएको छ । लिम्सा — सिलिंगी —दह सडक खण्डको ४ किलोमिटर सडकको ट्रयाक खुलाइएको छ ।
कार्कीज्यूला देखि ७ नम्बर वडा कार्यालय सम्म ५ किलोमिटर सडक ट्रयाक खुलाइएको, लिम्सा देखि मुल्साम पुग्ने सडकको २ किलोमिटर सडक ट्रयाक खुलाईएको, ध्यापाटाकुरा — लिम्सा सडकको स्तरन्नतीको ठेक्का सम्झौता गरिएको, दोमिल्ला बेलिव्रिज मिर्नाणका लागि ठेक्का सम्झौता गरिएको, गाउँपालिका कार्यालय सम्म नियमित रुपमा गाडी सञ्चालन भएको गाउँपालिका निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।
गाउँपालिका भित्र २१ किलोमिटर सडकमा ट्रयाक खुलाईको गाउँपालिकाको तथ्यांकमा देखाईको छ । जुनीचाँदे गाउँपालिका भित्र आर्थीक बर्ष २०७६÷०७७ मा २८ वटा आयोजना सञ्चालन गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिइन । उनका अनुसार, जसमध्ये २५ वटा सडक निर्माण भएका छन, भने ३ वटा निर्माण सम्पन्न भएका छैनन । गाउँपालिका भित्रका सबै वडामा सडकको पुगेको उपाध्यक्ष शिवा आचार्यको भनाई छ ।
गाउँपालिका भित्रका सडक कच्ची भएकोले जोखिम बढिरहेको छ । भेरी नगरपालिकामा आर्थीक बर्ष २०७६÷०७७ ट्रयाक ओपन ३६.९३ किलोमिटर मध्ये ३१.५२ प्रतिशत प्रगति भएको छ । नगरपालिकाको जम्मा प्रगति प्रतिशत ८५.३५ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद पौडेलेले जानकारी दिए । नगरपालिका भित्र ०.३८ किलोमिटर आर.सि.सि. को जिम्मा लिएको मा ०.३८ किलोमिटर प्रगति भएकोमा ९९.६४ प्रगति सार्वजनिक गरिएको छ ।
नगरपालिका भित्र कच्ची सडक १८.९४ प्रतिशतको लक्ष्य लिईएकोमा १८.९४ प्रतिशत पुरा भएको तथा १ सय प्रतिशत प्रगति भएको नगरपालिकाको बार्षिक प्रतिवेदनले देखाएको छ । नलगाड नगरपालिका भित्र आर्थीक बर्ष २०७६÷०७७ मा नयाँ सडक १९.९९ किलोमिटर ओपन गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । उनका अनुसार, ४८.३ किलोमिटर सडकको मर्मत तथा स्तरउन्नती भएको छ । ६४.०७ किलोमिटर घोरेटो बाटो निर्माण गरिएको छ ।
जिल्लाको कुशे गाउँपालिकामा नयाँ सडक ३२ किलोमिटर निमार्ण गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । सडक मर्मत सम्भार तर्फ १ सय ३७ किलोमिटर गरिएको छ । गाउँपालिका भित्र घोरेटो बाटो २४ किलोमिटर निर्माण गरिएको अध्यक्ष बस्नेतको भनाई छ । यस्तै गाउँपालिका भित्र आर्थीक बर्ष २०७६÷०७७ मा १ सय १ सय ९३ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै शिवालय गाउँपालिकाले ट्रयाक ओपनमा ८ वटा योजना सम्पन्न गरेको छ । जस अन्र्तगत २५ किलोमिटर सडक निर्माण गरिएको छ । सडक अन्तर्गत २०७६÷०७७ मा ६ किलोमिटरका ३ वटा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । सडक स्तरउन्नती एउटा सडक निर्माण गरिएको गाउँपालिकाको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । झोलुगें पुलमा १ वटा निर्माण गरिएको छ ।
कजवे १ वटा सम्पन्न भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै जिल्लाको छेडागाड नगरपालिका भित्र आर्थीक बर्ष २०७६÷०७७ मा १ सय ९८ किलोमिटर नयाँ सडकको ओपन खुलिएको छ । नगरपालिका भरी ३ सय ८० नयाँ सडकको ओपन ट्रयाक खोलिएको नगरप्रमुख टेकबहादुर रावले जानकारी दिए । सुयाडा क्षेत्रमा पर्यटन गन्तव्य स्थलको रुपमा निर्माण भईरहेको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।
धमाधम खोलिएका सडकमा दुर्घटनाको जोखिम
जिल्लाका सात वटा स्थानीय तहमा खोलिएका सडकहरुमा दुर्घटना हुने अत्याधिक जोखिम रहेको छ । स्थानीय तहले सडक निर्माणको नाममा जथाभावी डोजरको प्रयोग गर्दा जोखिम बढेको हो । स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड विपरीत रहेको जानकारहरु बताउँछन ।
सवारी साधन चल्ने सपना देखेका स्थानीयहरु अहिले पैदल हिडन समेत मुस्किल भएको बारेकोट गाउँपालिका २ का भीमबहादुर विश्वकर्माले बताए । उनले भने, सडकको विचविचमा पहिरोका कारण ढुंगा माटो थुपारिएको छ । तर निमार्ण गर्ने तर स्तरउन्नतीमा कुनै ध्यान नदिँदा अहिले दुर्घटनाको जोखिम भईरहेको छ ।
अकालमा धेरैले ज्यान गुमाउने संकेत देखिएको छ । स्थानीय तहको वार्षिक प्रगति प्रतिवेदनमा सडकमा धेरै सुधार आएको भएपनि कागजमा मात्र सीमित देखिएको स्थानीयको आरोप छ । सडक निर्माण मात्र होइन स्तरउन्नतीमा समेत ध्यान दिनु आजको आवश्यकता हो ।
















































। २३ आश्विन २०७७, शुक्रबार