
जाजरकोट । जाजरकोटको भेरी र छेडागाड नगरपालिकामा सेभ द चिल्ड्रेन र पाँचतारा यूवा संरक्षक मञ्चको साझेदारीमा सञ्चालित नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको पहिलो चरणको अन्तिम मुल्यालंक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
इन्प्याक इन्टरनेशलले गरेको सर्भेका आधारमा परियोजनाको अन्तिम मुल्यांकन सार्वजनिक गरिएको हो । सन् २०१९ मा परियोजनाले गरेका विभिन्न क्रियाकलापको प्रभावकारीता मुल्यांकन गर्नको लागि इन्प्याक इन्टरनेशलले जिम्मा पाएको थियो ।
सर्भेको क्रममा, किशोरी तथा यूवती समुहका सदस्यहरु, सासुससुरा तथा अभिभावक, श्रीमान, स्वास्थ्य संस्थाका प्रमुखहरु, संस्थाका कार्यकारी निर्देशक, समुदायका अगुवाहरु, समाजिक परिचालक, स्थानीय सहजकर्ताहरुलाई समावेश गरिएको थियो ।
सन् २०१८ मे देखि सञ्चालित परियोजनाले दुई पालिकामा किशोरकिशोरीको प्रजनन तथा मातृत्व स्वास्थ्यमा सुधार ल्याउने धेयका साथ १५ देखि २४ बर्ष उमेर समुहका किशोरी तथा विवाहित यूवतिहरु समेटेर भेरीमा ४५ र छेडागाड नगरपालिकामा ५४ गरी जम्मा ९९ वटा समुह गठन गरिएको छ ।

इन्डलाईन सर्भेमा बेसलाईनमा गरिएको सर्भेभन्दा उल्लेखनीय सुधार आएको इन्प्याकको तथ्यांकमा देखिएको छ । जसअनुसार, महिलाहरुले महिनावारी हुदाँ विशेष ध्यान दिने गरेको, महिनावारी प्रति समाजको गलत धारणामा परिवर्तन आई सकारात्मक सोचको विकास भएको, परिवार योजनाका बारेमा दम्पती विच खुलेर सल्लाह हुने गरेको, परिवार योजनाका लागि साधनको प्रयोगमा विशेष ध्यान दिने गरेको, महिनावारी हुदाँ कपडा वा सेनिटरी प्याडहरु प्रयोगमा किशोरीहरुमा सचेतना बढेको, बालबालिका प्रति अभिभावकत्वको भुमिका निवार्ह गर्दै गइरहेकोे, अस्थाई साधनहरुको प्रयोग गर्ने संख्यामा वृद्धि भएको, सुत्केरी तथा गर्भवती महिलाहरुको नियमित स्वास्थ्य जाँच गर्ने सम्बन्धी चेतना वृद्धि भएको , स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको, कम उमेरमा विवाह गर्दा हुने असरका बारेमा अभिभावकहरुमा पनि चेतनामा सुधार आएको कुरा उक्त प्रतिवेदनको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, प्रजनन तथा मातृत्व स्वास्थ्य सेवा वृद्धिमा स्वास्थ्य संस्थाको भुमीका महत्वपुर्ण रहेको, वित्तिय परिचालनामा जोड दिने गरेको, प्रजनन स्वास्थ्य सम्बन्धी छलफल तथा अन्तक्रिया गर्दा विना हिचकिचावट गर्ने गरेको, लैगिंक तथा घरेलु हिंसा सम्बन्धी सजक हुने गरेको, परिवार योजना सम्बन्धी सेवा तथा परामर्श सबै भन्दा बढी स्वास्थ्य संस्था बाट पाउने गरेको पाइएको छ । उक्त मुल्यांकन परियोजनाको आधार बर्षमा गरिएको वेसलाईन सर्भेको क्रममा प्रयोग गरिएका सुचक तथा मापदण्डहरुमा परियोजनाको लक्ष्य अनुसार परिवर्तन भए नभएको पत्ता लगाउन अन्तिम मुल्यांकन गरिएको थियो ।
भेरी र छेडागाड नगरपालिकामा भएको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजक, सामाजिक विकास समितीका संयोजक लगायत स्वास्थ्य संस्थाका प्रमुख, कार्यपालिका सदस्य, शाखा प्रमुख, र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले, परियोजनाले सञ्चालन गरेका कामहरु अपनत्व लिएर अगाडि बढ्ने हो भने मात्र कार्यक्रमले दिगोपन लिने सक्छ भन्ने भनाई राखेका थिए ।
र जसको लागी सम्पुर्ण भावना, विचार, लक्ष्य, कार्यक्रम मिल्ने,बहुस्तरीय निकायहरु विच समन्वयन, सहकार्य र सहयोग गरेर अगाडी बढेमा मात्र स्वास्थ्य सेवा प्रभावकारी र उपलब्धी मुलक हुने कुरामा जोड दिएका थिए ।
















































। १३ आश्विन २०७७, मंगलवार