नागरिकलाई सुचना सङ्ग प्रत्यक्ष जोड्न गरियो साझा प्रतिबद्धता

जिल्ला स्थित सार्बजनिक कार्यालयका सुचना अधिकारीहरुले आम नागरिक सुचनाको हकदार भएकाले सार्बजनिक सुचनामा उनीहरुको पहुँच बिस्तार गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन ।
“अन्तर्राष्ट्रिय सुचनामा विश्वब्यापी पहुँच” दिवसको अवसरमा सुन्दर नेपाल सस्थाले आयोजना गरेको एक सुशासन सम्बन्धि कार्यक्रममा यस्तो बताएका हुन ।
ग्रामीण क्षेत्रका महिला तथा पिछडिएका वर्ग सुचनाबाट बन्चित हुने गरेको निष्कर्ष आएपछी सुचनामा सबैको पहुँच बढाई सुशासनको अनुभूति दिलाउनु पर्ने उनिहरुको भनाई रहेको थियो ।
सार्बजनिक क्षेत्रको जिम्मेवारी जनतालाई शुसासनको पुर्ण प्रत्याभुती दिलाउनु पर्ने भएकोले सुचनामा सबै नागरिकको सहज पहुँचबाट मात्र यसको ग्यारेन्टी हुने नागरिक समाजको भनाई रहेको थियो ।
कार्यक्रममा भेरी नगरपालिकाका उप मेयर भावना भण्डारी,नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाह,विभिन्न सार्वजनिक कार्यलयका सुचना अधिकारीहरु,पत्रकार एबम सामाजिक संघसस्थाका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल जाजरकोटमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया