भारतमा फेरि बढे कोरोनाका सक्रिय संक्रमित

तस्वीर– आन्ध्रप्रदेशमा करारका ल्याब टेक्निसियनहरु जागिर जाने खतरा बढेपछि आन्दोलनमा ।

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढेका छन् । पछिल्ला १० दिनमा ८ दिन संक्रमित घटेर कोरोनामुक्त हुनेको संख्या बढिरहँदा आइतबार फेरि संक्रमित बढेका छन् ।

१० लाख २० हजारबाट ९ लाख ५६ हजार ५११ जना पुगेकामा आइतबार ८ हजारले थपिएका हुन् । हाल सक्रिय संक्रमित ९ लाख ६३ हजार ५५१ पुगेका छन् ।

आइतबार ८२ हजार ७६७ जना संक्रमित थपिँदा ७४ हजार ६७९ जना मुक्त भए । तर शनिबार ८८ हजार ७५९ जना संक्रमित थपिँदा ९२ हजार ३५९ जना कोरोनामुक्त भएका थिए । शुक्रबार ९३ हजार १६६ जना कोरोनामुक्त हुँदा ८५ हजार ४६५ जना संक्रमित थपिएका थिए । यसअघि बिहीबार पनि कोरोनामुक्त हुने बढेका थिए ।

अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म ९५ हजार ५७४ को मृत्यु भएको छ । आइतबार १ हजार ४० जनाको ज्यान गएको छ ।

संक्रमितहरु बढिरहे पनि भारतमा सबै निकाय र तह खुलेका छन् ।

तपाईको प्रतिक्रिया