कुशेमा काँग्रेस तिर लर्काे, नेकपा त्याग्दै, काँग्रेसको हात समात्दै !

जाजरकोट । कुशे गाउँपालिका वडा न ६ मा पुर्व नेकपा माओवादीवाट भारि मतका साथ बिजय भएका खुल्ला सदस्य भक्त बहादुर सिंह लगायत १३ जना नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । बुधवार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले उनीहरुलाई फुलमाला र टिका लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका हुन ।

जाजरकोट कुशे समृद्धिको अभियानमा युवाहरुले आफुलाई साथ दिने अध्यक्ष बस्नेतले बताए । यसअघि नेकपामा सक्रिय रही २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय चुनावमा नेकपा एमाले कुशे गाउँ पालिका वडा न ४ बाट भारी मतका साथ खुल्ला सदस्य पदमा बिजयी भएका साविक अर्छानी

वडा न ५ का हेमन्त जैसी सहित २५ जनाले हालको नेकपा परीत्यागगरि काँग्रेसमा प्रवेश गरेका थिए । सवै वडामा अहिले क्रियाशिल सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियान जारी रहेको समेत अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया