
जाजरकाेट । विगत १० बर्ष देखि अलपत्र बनेको जाजरकोट जुम्ला सडकखण्ड निर्माण हुने भएको छ । ,फुलचाउली, कयाल्दापाखा ,बारेकोट हुदै जुम्ला जोड्ने सडक यहि असोज १२ गते देखि तिब्र गतीमा काम संचालन हुने निर्णय गरिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय पश्चिम रुकुम चौरहजारी बाट ठेक्का आव्हान भई पूर्वाधार विकास कार्यालय जाजरकोट संग केशब शाह कन्ट्रक्सन बाँकेले सम्झौता गरेको थियो । बिभिन्न राजनितिक दवाव , कुशे गा.पा. समाईलाका स्थानीय बासीहरु संगको विवाद तथा पुनः फेरी नलगाड न.पा ६ गर्छिनका स्थानीयबासिहरुको विवादले हाल सम्म सडक निर्माणले गति लिन थिएन । गत असोज २ गते जिल्ला समन्वय सभाहलमा जाजरकोटका प्रदेश सभा सदस्य गणेश प्रशाद सिंह ज्युको संयोजकत्वमा बैठक बसी विभिन्न विवादित बिषयहरुमा छलफल गरिसकेपछी सो सडक निर्माणले तिव्रता पाउने निर्णय भएको थियो ।
उक्त बैठकमा प्रदेश सभा सदस्य गणेशप्रशाद सिंह,प्रदेश सभा सदस्य कृष्ण शाह, जिल्ला समन्वय प्रमुख ,मन बहादुर रावल , बारेकोट गाउँपालिका अध्यक्ष्य महेन्द्र बहादुर शाह, पूर्वाधार विकास कार्यालय प्रमुख बिरबहादुर रावल, सडक डिभिजन ,चौरजहारीका ईन्जिनियर सुरेश कुमार वस्याल र पूर्वाधार बिकास कार्यालय जाजरकोटका सब (ईन्जिनियर टकेन्द्र रोकायको उपस्थित थियो । अव सडक निर्माण गर्दा कुनै किसिमको बाधा अवरोध नहुने समेत बताइएको छ ।
गत असोज २ गते बसेको वैठकका निर्णयहरु
अवरुद्ध अवस्थामा रहेको सडक निर्माण संचालनको लागी प्राबिधिक सामाजिक रुपमा अधिकतम संयम्ता अपनाएर सुचारु गर्ने ।
उक्त सडक खण्डको गाउँभन्दा माथिको जोखिम भू(भागको माटो ढुंगाको सुरक्षित व्यवस्थापन गर्नको लागी बारेकोट गा.पा.र नलगाड न.पा.ले पहिलो चरणमा १० र१० लाख बजेट व्यवस्थापन गर्ने ।
सो सडक खण्डमा काम गर्ने सिलसिलामा निर्माण व्यवसायीले अधिकतम संयम्ता अपनाएर काम गर्ने, काम गर्दै गर्दा घर ,गोठ ,विद्यालय , खानेपानी जस्ता संरचनाहरुमा क्षेती हुन गए जिल्ला समन्वय प्रमुख मुन बहादुर रावल,प्रदेश सभा सदस्य गणेशप्रशाद सिंह र कृष्ण शाह मार्फत प्रदेश सरकारले जिम्मा लिएर व्यवस्थापन गर्ने ।
















































। ७ आश्विन २०७७, बुधबार