जाजरकोटका व्यापारीहरुको वास्तविकता, बैकको किस्ता तिर्न नसक्दा ब्याज बढेको बढ्यै

ढुवानी दाेब्बर गाउँमा सडक खुलेका छैनन कसरी व्यापार गर्ने ?

कालीबहादुर नेपाली
जाजरकोट । कोरोना भाइरस कोभिड १९ कारण ६ महिना सम्म लकडाउन अर्थात बन्दाबन्दी भयो । वन्दावन्दीमा जाजरकोटका सबै व्यवसायहरु बन्द भए । व्यवसाय बन्द भएपछि व्यापारका लागि वंैक बाट लोन लिएका व्यापारीहरु अहिले निकै मर्कामा परेका छन ।

६ महिना सम्मको बन्दाबन्दीले व्यापारीहरुको व्यापार भएन,उल्टै समानमा मुसाले क्षति पु¥यायो । अझ भाडामा लगेका व्यापारीहरुलाई त व्यापार नै नगरी वैदेशिक रोजगारीमा जाउँ जस्तो भईसक्यो । जिल्लाको ठाँटीबजारमा व्यापार गर्दै, आएका यूनीक कलेक्सनका प्रोप्राइटर राजन थापाले दुखेसो गर्दै भने, “केही सहकारी संस्था बाट समान ल्याउनका लागि लोन लिएको थिए । त्यसैवेला लकडाउनको घोषणा भयो ।

लडाउनले कुनै समान ल्याउन नि पाइन । फिर्ता दिन पनि पाइएन । अहिले लोन बुझाउन निकै समस्या परेको छ ।” बन्दाबन्दीका कारण बन्द पसलका समानहरु हेर्न पाइएन मुसाले ३५ सय देखि ४ हजार सम्मका हुडहरु काँटेर छियाछिया पारेको उनको भनाई छ ।

उनी जस्तै, सीटिजन वैंक नजिकै सञ्चालनमा रहेको श्रेष्ठ आयल स्टोर एण्ड अर्डर सप्लार्सका प्रोप्राइटर रमेश श्रेष्ठको पनि गुनासो उस्तै छ । उनले भने, “लकडाउनको समयमा व्यापार हुने कुरै भएन । त्यसमा पनि हाम्रो आयलको पसलमा त गाडीहरु चलेमात्र व्यापार हुने हो । नत्र हामी केको व्यापार गर्ने ?” केही समय पछि गाडी खुलेपछि ढुवानीमा निकै समस्या भयो । गत बर्षको भन्दा यो बर्षमा आधा जति नि कमाई भएन उनले थपे ।

उनीहरु जाजरकोट जिल्लाका उदाहरण मात्र हुन । कोरोना भाइरस कोभिड १९ का कारण विश्वको अर्थतन्त्र नै कमजोर बनेको छ । विकासाउन्मुख देश नेपाल भएकोले यहाँको स्थिती निकै कमजोर बनेको छ । कर्णालीको दुर्गम जिल्लाका रुपमा गनिने जाजरकोटमा ६ महिना सम्म पसलहरु बन्दा हुदाँ व्यापारीहरु निकै मर्काका परेका छन । ढुवानीमा वृद्धि, वैंक तथा सहकारीको लोन,म्याद गुजे्रका सामग्री लगायतका समस्याले व्यापार नै बन्द हुने स्थितीमा पुगेको उद्योग बानिज्य संघ जाजरकोटले जनाएको छ ।

जिल्लामा भएका नयाँ तथा पुराना उद्योगहरु बन्द भए । व्यापार नभएपछि ऋण नै तिर्ने पैसाको समस्या भएको शिखर गार्मेन्ट उद्योगका सञ्चालन भीमबहादुर परियाले बताए । सडकको छेउमा व्यापार गर्नका लागि बनाएका घुम्तीहरु अहिले सम्म बन्द छन ।

कमाई हुने बन्दा पनि भाडा बढी भईसक्यो कसरी चलाउन सकिन्छ थाप्लेमा धुम्ती गर्ने बारेकोटकी कल्पना विकको गुनासो छ । जाजरकोटका व्यापारीहरुलाई भाडा, वैकको लोन र सहकारीको ब्याज तिर्न अहिले निकै समस्या परेको छ । स—साना व्यापारीहरुका व्यवसायहरु बन्द हुने स्थितीमा रहेका छन ।

Image may contain: Karna Khatri Jajarkot, smiling

सरकारले व्यापारीमाथी विभेद ग¥यो’
उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्रीले सरकारले व्यापारी माथी विभेद गरेको बताएका छन । उनले, भेरीमालिका संगको कुराकानीमा सरकारले लकडाउनको वेला व्यापारीहरु माथी विभेद गरेको बताएका हुन ।

हामीले अध्यक्ष खत्रीले भनेका कुरा जस्ताको त्यस्तै राखेका छौँ । यो कोरोना भाइरस देश भरीका व्यवसाय बन्द गर्दा मात्र जोखिम कम हुन्छ त सरकाले हामी व्यवसायलाई किन भेदभाव ? यही विचमा भष्टाचार, एमसीसी, सीमाना, विभिन्न हत्या काण्ड देखि राहत वितरणका ठुला ठुला आन्दोलन भए स्थानीय तहका कार्यालय सहयोगी सम्मको पास बन्यो, पहुँचवालाको देश भरी मात्र होइन मित्र राष्ट सम्म घुमे त्यहाँ कोरोनाको खोखिम बढेन ?

सरकार मुखदर्शक बन्यो । देशको अर्थतन्त्र ठुलो हिस्सा निजी क्षेत्रको हात छ भन्ने थाहा हँुदा हुँदै विकल्प खोजिएन । बजेटमा उद्योगी व्यवसायीलाई राहत प्याकेजको व्यवस्था गरेन । हामीलाई सरकारको सर्पाेट राहत मात्र होइन । अहिले सरकारले निजी क्षेत्रलाई पछाडि बाट छुरी हान्यो । निर्माण व्यवसायीले गरेको कामको भुक्तानी पाएका छैनन । दिनप्रति दिन व्यवसायी आत्माहत्या गर्न विवश छन । कुनै पनि समस्या सरकारले सम्बोधन गरेन ।

वैंकको लोनको समस्या छ । बालबच्चालाई खाना खुवाउन समेत समस्या भएको छ । उदारो लिएका उपभोक्ताहरु अहिले वेखबर छन । पसल, गोदाममा भएका समानहरुको डेट गयो, केही धमिरा मुसाले काटी दियो । नयाँ समान आउने कुनै टुंगो छैन । बर्खामा भत्केका सडक निर्माणको कुनै तयारी छैन । के यो देशमा नागरिक होइनौ, कोरोनाले व्यवसायलाई डुवायो । अनि अवका दिनमा व्यवसायहरुलाई स्वास्थ्य सुरक्षा अपनाई काम गर्न आग्रह गर्दछु । #भेरीमालिका #

तपाईको प्रतिक्रिया