शिवालय गाउँपालिकामा संविधान दिवश दिप प्रज्वलन गरि मनाइयो।

शिवालय गाउँपालिकामा जनप्रतिनिधी,कर्मचारी,सुभचिन्तक रास्ट्रबादी युवाहरु आदिको सहभागितामा गाउँपालिका कार्यालय प्राङ्गणमा नेपालको नक्सा बनाई,दिप प्रजोलन गरि संबिधान दिवश मनाइएको छ।

यस सुभकार्यमा शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र शाही, उपाध्यक्ष कुमारी थापा र प्रसाशकिय अधिकृत अनिल पाण्डे आदिको बक्तब्य अनुसार सार्वभौम संविधानसभावाट जारी भएको नेपालको संविधानले आजबाट पाँच बर्ष पुरा गर्दैछ । जनप्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यहि संविधान मार्फत पूरा भएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्भभाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभयो। अन्त्यमा, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सतर्क रहन अनुरोध समेत गरि संविधान दिबस समापन्न भयो।

तपाईको प्रतिक्रिया