जनयुद्ध दिवस–जनबादी गायक शर्मा र मन्त्री बस्नेत जाजरकोटमा

रमेश अधिकारी
१ फागुन, जाजरकोट

जाजरकोटमा जनयुद्ध दिवसको उपलक्ष्यमा सहिदहरुप्रति सद्धासुमन अर्पण गरि दिवस मनाईएको छ । जिल्लाको भेरी नगरपालिका वडा न. १ रिम्नामा अवस्थित सहिद स्मृति संग्राहलयमा रहेका सहिदहरुका तस्बिरहहरुमा फुल गुच्छा अर्पण गरि सहिद दिवस मनाईएको हो । यसै बिच जन गायक जिवन शर्माले सोहि अवसरमा विभिन्न किसमका जनबादी गितहरु समेत गाउनु भएको थियो ।
यसै बिच आजै जिल्लाको नलगाड नगरपालिकामा महोत्सवको समेत उद्घाटन गरिएको छ । नलगाड नगरपालिकाको सामाजिक,सांकृतिक,पुरात्तविक र प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक कमिटीले जनाएको छ ।
उक्त मेलाको उद्घाटन नेपाल सरकारका वन तथा बातावरण मन्त्री शक्ति बहादुर बस्नेतले गर्नुभएको छ । मेलामा नगरपालिकाका विभिन्न वडाबाट आएका झाकिहरु प्रस्तुत गरिएका थिए । आज उद्घाटन भएको महोत्सव तिन दिन सम्म चल्ने आयोजकले जनाएको छ । साथै जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न तथा भिजिट नेपाल २०२० लाई लक्षित गरि उक्त महोत्सवको प्रारम्भ गरिएको उद्योग बाणिज्य संघ शाखा कार्यालय नलगाडका अध्यक्ष धन बहादुर रावलले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया