
जाजरकोट । कोभिड १९ का कारण देशमा लक डाउन घोषणा हुदा जाेखिममा परेका, रोजगारी गुमाएका जाजरकोटको एक गाउँपालिकाका अति विपन्न परिवारका ७ सय ४५ परिवारहरुलाई ४ सय ४७ क्वीन्टल चामल राहतको रुपमा वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहजीकरण र कुशे गाउँपालिकाको समन्व्यमा कुशे गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारहरुलाई प्रतिपरिवार ६० केजीका दरले चामल वितरण गरिएको हो ।
जाजरकोटको कुशे गाउँपालिकाका अति विपन्न जनताका लागि सेभ द चिल्ड्रेनले २६ लाख २१ हजार ४ सय ८७ रुपैयाको चामल वितरण गरिएको हो । लकडाउनका कारण रोजगारी गुमाएर जोखिममा परेका जनतालाई केहि मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देस्यले स्थानीय सरकारको सिफारीसमा छनोट भएका विपन्न परिवारहरुलाइ वडा वडामा पुगेर चामल वितरण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणवहादुर कार्कीले वताए ।
उनले कुशेका जनप्रतिनिधि, पहाडी क्षेत्रविकास अभियान अन्तरगतका सेभद चिल्डेनमा कार्यरत कर्मचारीहरुको समन्वय र सहजीकरणमा जनतालाइ चामल वितरण गरिएको वताए । उनले चामल वितरण संगसंगै २ सय अति विपन्न परिवारहरुलाई वाल्टीन, सावुन, गम्छा अर्थात रुमाल, पानी शुद्ध वनाउने टयाव्लेट लगाएतका सामाग्रीहरु पनि वितरण गरिएको वताए ।
कार्यकारी निर्देशक कार्कीका अनुसार २ सय परिवार मध्य प्रति परिवार १ वटाका दरले धारा सहितको वाल्टीन, ५ वटाका दरले सावुन, ५ वटाका धरले गम्छा अर्थात रुमाल र १ पत्ताका दरले पानी शुद्ध वनाउने टयाव्लेटहरु विपन्न परिवारलाई वितरण गरिएको छ । लकडाउनका कारण आर्थिक अवस्था जोखिममा परेका वेला चामल पाएर आफुहरुलाइ ठुलो राहत मिलेको कुशे १ की विजुला दमाइले वताइन् । जताततै वन्द, कमाइ गर्न नपाउदा हैरानी मात्र भएन घरमा खाने अन्न पनि नभएको वेला यो चामल पायौं सारै ठुलो गुण मानेकी छु , उनले भनिन् ।
विजुला जस्तै सोहि गाउँपालिकाको वडा नम्वर ४ का शरणवहादुर चलाउनेले पनि आर्थिक अवस्था कम्जोर भएर घरमा खाद्य संकट परेको वेला पाएको चामलले ठुलो राहत मिलेको वताए । यो वेला सहयोग गर्ने त भगवानै हुन उनले भने । विजुला र शरण मात्र होइन यो संकटका वेला चामल पाएर आपुहरु निकै खुसी भएको सवैको प्रतिक्रिया छ ।
लक डाउनका कारण देश र जनता निकै संकटमा परेको वेला अति विपन्न परिवारहरलाइ ठुलो मात्रामा चामल दिएर सेभ द चिल्डेनले मानवीय हितको काम गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए ।
उनले जनताको समस्या, मर्का र अभावको पिडालाइ वुझेर सेभले गरेको सहयोगलाइ आफुले खुलेर प्रशंसा गर्न चाहेको वताए । वास्तविक मानवीय हित र सेवा भनेकै दुख र आपतमा परेका जनतालाइ साथ दिनु हो भन्ने कुरा सेभले काम गरेर देखाउको अध्यक्ष वस्नेतले वताए । कुशे गाउँपालिकामा जम्मा ३ हजार ९ सय ३७ घरपरिवार रहेका छन् । दशैंका वेला गाउँपालिकाले पनि साढे सात सय विपन्न परिवारहरलाई खाद्य वितरणको तयारी गरेको अध्यक्ष वस्नेतले वताए ।
















































। २८ भाद्र २०७७, आईतवार